- संगालोखबर सम्वाददाता

धनकुटा । गर्भवती महिलाहरुका लागि छथर जोरपाटी गाउँपालिकाले निःशुल्क ग्रामिण अल्ट्रासाउण्ड जाँच कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले वडा नं. ३ को ताँखुवा स्वास्थ्य चौकीमा आइतबार दुई दिने कार्यक्रम राखेर यो सेवा सुरुवात गरेको हो ।

Advertisement

गाउँपालिकाका उपाध्यक्ष भीमकला श्रेष्ठले कार्यक्रम उद्घाटन गरेकी छन् । जाँचको पहिलो दिन १५ जना गर्भवती महिलाहरुको भिडियो एक्सरे गरिएको ताँखुवा स्वास्थ्य चौकीका प्रमुख पुष्पराज ओझाले जानकारी दिए । २४ गतेबाट शुरु गरिएको निःशुल्क गामिण अल्ट्रासाउण्ड जाँच कार्यक्रम कात्तिकबाट सबै वडामा सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले बताए ।

६ वटै वडाहरुमा महिनाको १ पटक गाउँ–गाउँमा गर्भवती महिलाहरुको भिडियो एक्सरे गरिने बताइएको छ । पालिका, प्रदेश सरकार र करुणा फाउण्डेशनको सहकार्यमा अपांङ्गता रोकथाम कार्यक्रम अन्तर्गत यो सेवा सुरु गरिएको हो ।

ग्रामिण क्षेत्रका गर्भवती महिलाहरुको अवस्था बुझेर आमा तथा नवजात शिशु मृत्युदर घटाउन कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!