- संगालोखबर सम्बाददाता

काठमाडौं । काठमाडौंमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेल बस्ने २४ वर्षीया लक्ष्मी तामाङको हत्या गरेको आरोपमा उनका श्रीमान २१ वर्षीय भक्तबहादुर थापा पक्राउ परेका हुन् ।

Advertisement

गएराती पौने ११ बजे डेरामा उनीहरूबीच घरायसी विवाद भएको थियो । सोही क्रममा थापाले मासु काट्ने दाउले तामाङको घाँटीमा हानेका थिए । घटनाको जानकारी पाएपछि महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको टोलीले गंभीर अवस्थामा लक्ष्मीलाई फेला पारेको थियो ।

प्रहरीले उनलाई उपचारका लागि स्थानीय करूणा अस्पतालमा लगेको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!