संगालोखबर सम्बाददाता

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ स्थित शिवपुरीको फेदीमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गिरिजा प्रसाद कोइराला फाउन्डेसन (क्षेत्र नंम्बर ४) सँग सहकार्य गरेर शिविर सञ्चालन गरेको हो ।

Advertisement

बुढानिलकण्ठ मन्दिर परिषरमा सञ्चालन भएको शिविरमा ९२१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १७७ जनाको भिडियो एक्सरे, १६३ जनाको ईसीजी र १५६ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै दाँतमा समस्या भएर शिविरमा उपचारका लागि आएका ४२ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४५ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!