संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

बारा । पर्साको वीरगञ्ज महानगरपालिका–१३ की सीता पटेलमाथि एसिड प्रहार गरेको आरोपमा उनका जेठाजु र ससुरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्जको श्रीपुरका ३२ वर्षीय जेठाजु रामबाबु साह र ससुरा ५० वर्षीय हवारी साह छन् ।

पटेलमाथि शुक्रबार राती एसिड प्रहार भएको थियो । उमेश साहकी श्रीमती २८ वर्षीया पटेल बाराको कलैयास्थित आफ्नो माइतीघर आउने क्रममा मोटरसाइकलमा आएका दुई जनाले एसिड प्रहार गरेका थिए ।

Advertisement

एसिड प्रहार भएको सूचना पाएपछि तत्काल खटिएको प्रहरी टोलीले घाइते अवस्थामा रहेकी पटेललाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो । सो अस्पतालबाट उनलाई थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पटेलले घटनामा जेठाजु र ससुराको संलग्नता रहेको बयान दिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!