ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२२ मार्च २६ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण नवमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण नवमी तिथी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, परिधि योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः१ बजे, सूर्यास्त साँझ ६ः१७ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ३३ मिनेट देखि ९ बजेर ५ मिनेट सम्म छ । आज चैत कृष्ण नवमी तिथी, विश्व नेवाःदिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आफ्ना उद्देश्य परिपूर्तिका लागि धनखर्च गर्न मन हौसिने दिन हो । मनपर्ने वस्त्रालंकार, उपकरण र सांसारिक सुखसुविधाको सौख जाग्नेछ । इच्छाशक्ति र लगनशीलता बढ्नाले हाँकेरताकेको लक्ष्यमा पुग्न सफल भइने छ । नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ । आफन्त वा छरछिमेकको काममा केही समय खट्नुपर्ने हुन्छ । उता घरव्यवहारमा पनि निकै समय बित्नसक्छ । तर पनि बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने दिन हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भावनामा भौंतारिंदा वा मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । धैर्य र संयम भएर काम गर्ने दिन हो । महत्त्वाकाङ्क्षा राख्नाले निराशा हुनेछ । कसैको चित्त दुखाएर धनार्जन गर्ने प्रयास नगर्नु होला । कार्यालयमा स्टाफहरूका माझमा समन्वयको कमी छ भने बरु वैठक राखेर सुलह गर्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने र प्रशासनिक समस्या उत्पन्न हुने खतरा हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुनेछ । घरायसी सुखको आकाङ्क्षा बढ्ने समय हो । मन भावुक र प्रेमिल बन्ने वातावरण छ । समय निकालेर घरपरिवारमा सम्पर्क गर्नु र खैखबर बुझ्नु राम्रो हुन्छ । मौजमस्ती र आनन्दका लागि समय प्रदान गर्ने दिन हो, तथापि तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
स्वास्थ्यस्थितिमा कमजोरी देखिए पनि आनन्द र तिर्सनामा बृद्धि हुने दिन हो । स्वभावमा अस्वाभाविकता देखा पर्नेछ, त्यसैले झगडा र कलहबाट टाढिएको जाति हुन्छ । विवाद, प्रतियोगिता वा प्रतिस्पद्र्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ । चिन्तनमननमा निर्लिप्त हुने समय छ, कुनै बाध्यात्मक परिस्थितिले ऋण काढ्नुपर्ने वा सरसापटीबाट काम चलाउनुपर्ने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कार्यालयीय कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो । तर घरिघरि मनमा कल्पना र भावना सलबलाउने परिस्थिति देखिन्छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । कल्पना र भावनालाई व्यवहारमा उतार्न र प्रस्फूटन गर्ने राम्रो समय छ । आज कुनै पुस्तकविशेष वा लेखरचना प्रतिको आकर्षण समेत देख्न पाइने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । सामान्यतया आस्तिक बुद्धि र परोपकारी भावना भएको राम्रो दिन छ, तर प्रत्येक क्रियाकलापमा विपरीत लिंगीउपर आकर्षित भएको देखिन्छ । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । बन्दव्यापारमा समय दिन सकिंदैन, तर दौडधूप गरेर वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम राख्न सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मित्र र शुभचिन्तकको साथरसहयोग प्राप्त हुनेछ, नजानेको कुरा गुरुवर्ग वा दिदीरदाजुका माध्यमबाट जान्न सकिने छ । पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ । कार्यालयमा सहकर्मीले राम्रो साथ दिनेछन्, साथै मित्रशक्ति र दाजुभाइबाट पनि लाभ हुनेछ । आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बोलीमा सामथ्र्य भएको दिन हो । कलात्मक कुरा गरेर कुनै काम बनाउन सक्नुहुन्छ । आँखाको सङ्केत र हाउभाउद्वारा पनि व्यवहार गर्ने परिस्थिति बन्नसक्छ । जलवायु परिवर्तनले स्वास्थ्यमा सामान्य प्रभाव पार्ने समय छ । धनबृद्धिका लागि गरिएका प्रयासहरू सफल हुनेछन् । आज नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा व्यापार प्रभावित हुने दिन हो । जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्ने दिन छ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
गज्जबले कमाउन सकिने र परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, जग्गाजमिन, माटो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । एकआपसमा अहङ्कार र एटिच्युडको प्रवेश हुनु राम्रो होइन, आज जीवनसाथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुनसक्छ । भविष्यमा केही गर्नसक्छु भन्ने आत्मविश्वास जाग्ने राम्रो दिन छ । आलस्य नगरी नयाँ विषयको जानकारी लिएमा बौद्धिक क्षमतामा बृद्धि हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बाध्यात्मक खर्च बढ्नाले मन खिन्न बन्नेछ, त्यस्तै अन्य विषयमा पनि असामान्यताको अनुभूति हुनेछ । जिद्दीपन र घमण्डलाई त्याग्नु जाति हुन्छ । कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ । त्यसैले सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन । जिम्मेबारी बढ्नाले काममा खट्ने परिस्थिति छ । आपसी भेटघाट र भलाकुसारीमा आकस्मिक बाधा आइपर्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफ्नो वा छोराछोरीको शैक्षिक प्रयोजनका लागि समय र धनको आवश्यकता पर्नसक्छ, आफ्ना सौख पूरा गर्न पनि आजको केही समय व्यतीत हुनसक्छ । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ । श्रम अलि बढी गर्नु परे पनि बेफाइदा नै त हुँदैन, तर पनि पारिवारिक सम्बन्धमा भने निरसता देखिन सक्छ । काम गर्दा कमजोरी वा तनाव हुनु सामान्यता हो, दोहोर्याएर प्रयास गरे थालेको कामले पूर्णता पाउने छ । थोरै समय किनमेल र घुमफिरका लागि निकाल्नुपर्ने हुन्छ । पठनपाठनका अतिरिक्त क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ । अध्ययनरअध्यापनमा पनि मिहिनेतअनुसार उपलब्धी पाउन सकिने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!