संगालोखबर सम्बाददाता

काठमाडौं । नाबालिग गायिका माथि बलात्कार मुद्दामा हिरासतमा रहेका पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बिहीबार अदालतले थुनछेक बहसपछि पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।

Advertisement

त्यस्तै शाहका मेनेजर कृष्ण जोशीलाई अदालतले लाई एक लाख धरौटी माग गरेको छ । उनले धरौटी पनि बुझाइसकेका छन् ।
झूटो प्रेमको बहाना बनाई बिवाह गर्ने आश्वासन दिएर तनहुँ, पोखरा, नवलपुर लगायतका स्थानमा पटक–पटक बलात्कार गरेको भन्दै नाबालिग गायिकाका परिवारले फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी दिएका थिए ।

उक्त जाहेरीका आधारमा पललाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!