संगालोखबर सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका–३० स्थित डल्लेचौरमा बिहीवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा नंम्बर ३० स्थित शहरी स्वास्थ्य प्रवर्धन केन्द्र र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

Advertisement

प्रवर्धन केन्द्रको परिषरमा सञ्चालन भएको शिविरमा ७२१ जना बिरामी लाभान्वित भएका छन् । जसमध्ये १८९ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १६३ जनाको भिडियो एक्सरे र १०९ जनाको मुटुको जाँच (ईसीजी) पनि गरिएको छ ।

त्यस्तै दाँतको समस्या भएका २० जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका १५ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीले बुधबार काठमाडौंको बुढानिलकण्ठमा स्वास्थ्य शिविर सञ्चालन गरेर ९२१ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । केएमसी अध्यक्षको जिम्मेवारी डा. सुनिल शर्माले सम्हालेसँगै गतबर्षदेखि केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!