- संगालोखबर सम्बाददाता

दाङ । दाङमा सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । शान्तिनगर गाउँपालिका–७ राउतराकी ६५ वर्षीया कमिनी कुँवरको हत्या आरोपमा उनकी बुहारी २३ वर्षीया कुमारी कुँवर पक्राउ परेकी हुन् ।

Advertisement

चैत ८ गते दिउँसो साढे १२ बजे कमिनी शान्तिनगर–६ कोर्बाङस्थित गनारीमा रहेको आफ्नै बारीमा केराउ टिप्न गएकी थिइन् । उनी केराउ लिएर घर फर्किने क्रममा वडा नं. ६ कोर्बाङस्थित जंगलमा बुहारीले छुरी प्रहार गरी उनको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुबै आँखा फोडिएको, टाउको पछाडिको भाग, घाँटीको भाग, कानसमेत काटिएको र छातीमा छुरा प्रहार गरेको अवस्थामा शव फेला परेको थियो । स्थानीयले कमिनीको शव जंगलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएपछि प्रहरी अनुसन्धानमा खटिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा बुहारी कुमारीको संलग्नता देखिएपछि प्रहरीले बुधवार उनलाई पक्राउ गरेको थियो ।

कुमारीले सासुलाई धारिलो हतियार चक्कु र हँसिया प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सासुले बुहारी मन नपरेको भनेर छोरालाई अर्को बिहे गर्न भन्ने गरेकाले बुहारीले सासुको हत्या गरेकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!