इटहरीमा सुनका गहना चोरेको आरोपमा ३ जना पक्राउ

इटहरीमा सुनका गहना चोरेको आरोपमा ३ जना पक्राउ

सुनसरी । सुनसरीको इटहरीमा सुनका गहना चारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमकका अरुण राना मगर, बृखमान राई र भुपेन्द्र बिक छन् । उनीहरुले जेठ २ गते इटहरी–८ की प्रविशा कार्कीको घरबाट सुनको गहना चोरेको आरोप छ । अरुणले गहना चोरेर वृखमानलाई बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बृखमानले सो गहना भुपेन्द्र बिकलाई बेचेको स्वीकार गरेका छन् । उनीहरुमाथि...
विराटनगरको बरगाछीदेखि रानीसम्म सडक डिभाइडरमा वृक्षरोपण

विराटनगरको बरगाछीदेखि रानीसम्म सडक डिभाइडरमा वृक्षरोपण

विराटनगर । संविधान दिवसको अवसरमा सोमबार विराटनगरमा वृक्षरोपण गरिएको छ । विराटनगरको रानीदेखि बरगाछीसम्म सडकको बिच भाग (डिभाइडर) मा बिरुवा रोपिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राई तथा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बिरुवा रोपेर कार्यक्रम सुरुवात गरे । केन्द्र सरकारको परिपत्र अनुसार प्रदेश १ सरकारले असोज २...
१५ हजार जनामा डेंगु पुष्टि, १३ जनाको मृत्यु

१५ हजार जनामा डेंगु पुष्टि, १३ जनाको मृत्यु

विराटनगर । पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म देशभर १५ हजार ४२३ जनामा डेंगु पुष्टि भएको छ । मन्त्रालयका अनुसार डेंगुको सङ्क्रमणबाट साउन यता १३ जनाको मृत्यु भएको छ । डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा ११ हजार ८३५ जनामा भएको छ । यस्तै, लुम्बिनीमा एक हजार ९९४, प्रदेश १ मा ४५०, सुदूरपश्चिममा ४२०, गण्डकीमा ३०४, म...
२०७९ असोज ३ गते सोमवारको राशिफल

२०७९ असोज ३ गते सोमवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर १९ नेपाल सम्बत ११४२ जंंलाथ्य नवमी,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु,असोज कृष्ण पक्ष नवमी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, व्यतिपात योग, तैतील करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५० बजे, सूर्यास्त साँझ ६:४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आप्mनो पुरा शरीर ऐनामा हेरेरा जुनसुकै दिशाको यात्रा ...
मोरङको पथरीशनिश्चरे र बेलबारीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङको पथरीशनिश्चरे र बेलबारीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आइतबार मोरङको पथरीशनिश्चरे र बेलबारी नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले विपन्न बिरामीलाई लक्षित गर्दै पथरीशनिश्चरे वडा नं.२, ३ र बेलबारी वडा नं.४ मा शिविर सञ्चालन गराएका हुन् । तीन वटा शिविरबाट एकैदिन ९ सय १० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल...
संविधान दिवसमा ७०२ जनाले पाए कैद मिनाहा

संविधान दिवसमा ७०२ जनाले पाए कैद मिनाहा

विराटनगर । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीको कैद मिनाहा र माफी दिएकी छन् । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम कैद सजाय माफ गरिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा २१ जना व्यक्तिहरुको कैद माफ गरिएको छ । त्यस्तै असल चालचलन भएको आधारमा ६६१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहा गरिएको छ । यो निर्णय अनुसार कैद...
खाने तेलको मूल्य घट्यो

खाने तेलको मूल्य घट्यो

विराटनगर । सरकारले तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल घटाउने निर्णय गरेपछि खाने तेलको मूल्य घटेको छ । सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्य कम्तीमा २० देखि बढीमा ५० रुपैयाँसम्म घटेको हो । एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ५० रुपैयाँसम्मले घटेको छ । एक महिनाअघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४५ रुपैयाँमा झरेको छ । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँ...
मोरङको उद्योगमा करेन्ट लाग्दा तेह्रथुमका युवाको मृत्यु

मोरङको उद्योगमा करेन्ट लाग्दा तेह्रथुमका युवाको मृत्यु

मोरङ । मोरङको बुढिगंगा गाउँपालिका–१ मिलचोकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ । तेह्रथुमको छथर शुक्रबारे–५ घर भई सोही फ्याक्ट्रीमा कार्यरत २५ बर्षीय आकाश लिम्बूको मृत्यु भएको हो । शनिवार साँझ फ्याक्ट्री नजिकै जमेको पानीको खाल्डोमा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको बताइएको छ । करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका ल...
डा.सुनिल शर्माले गर्दिए मुटुरोगी चौधरीको निःशुल्क उपचार

डा.सुनिल शर्माले गर्दिए मुटुरोगी चौधरीको निःशुल्क उपचार

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको पथरीशनिश्चरे–८ सोमवारेका वृद्ध कालिचरण चौधरीको मुटुको उपचार निःशुल्क गराइदिएका छन् । विपन्न परिवारका ७२ बर्षीय चौधरीलाई नोबेल अस्पतालमा निःशुल्क उपचार गरिएको हो । स्वास्थ्यमा समस्या बढेपछि चौधरी परिवारले कालिचरणलाई नोबेल अस्पताल ल्याएका थिए । नोबेलमा परीक्षण गर्दा उनको मुटुमा ‘पेसमेकर’ राख्नुपर्ने देखियो । डाक्टरले ...
आजदेखि निर्वाचन प्रक्रिया सुरु

आजदेखि निर्वाचन प्रक्रिया सुरु

विराटनगर । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रकृया आइतवारबाट सुरु भएको छ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दैछन् । राजनीतिक दलहरूलाई समानुपातिकतर्फको बन्दसूचीमा नाम पेस गर्न असोज २ र ३ गते दुई दिनको समय दिइएको छ । प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० निर्वाचन क्षेत्रका लागि दलहरूले उम्मेदवारको बन्द...
थारु र मैथिली समुदायका महिलाहरुले आज जितिया पर्व मनाउँदै

थारु र मैथिली समुदायका महिलाहरुले आज जितिया पर्व मनाउँदै

विराटनगर । तराईमा बसोबास गर्ने थारु र मैथिली समुदायका महिलाहरूले आज जितिया पर्व मनाउँदैछन् । प्रदेश नं. १ सहित तराई–मधेसका जिल्लामा यो पर्व धुमधामका साथ मनाउँने गरिन्छ । सन्तानको दीर्घायुका लागि बसिने यो व्रत आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन बस्ने गरिन्छ । आश्विन कृष्ण सप्तमी तिथिका दिन बर्तालुहरू स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास शुरु गरी नवमी तिथिको आगमन भएपछि पूजापाठ गर...
झनै संक्रामक बन्दै डेंगु

झनै संक्रामक बन्दै डेंगु

काठमाडौं । डेंगु संक्रमण सन २००४ मा पहिलोपटक नेपालमा पुष्टि तथा सन २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९ सय ९२ जना संक्रमित र ६ जनाको ज्यान गएको थियो भने यस साल साउनदेखि भदौ मसान्तसम्म ७५ जिल्लामा फैलिई १३ हजार बढी संक्रमित र १३ जनाको मृत्यृ भइसकेको छ । संक्रमण बढ्दै जाँदा अस्पतालमा जटिल लक्षण लिएर आउने बिरामी पनि बढेका छन् । काठमाडौं, ललितपुर, मकवानपुर, रूपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, क...
२०७९ भदौ २ गते आइतवारको राशिफल

२०७९ भदौ २ गते आइतवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर १८ नेपाल सम्बत ११४२ जंंलाथ्य अष्टमी,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु,असोज कृष्ण पक्ष अष्टमी तिथी, चन्द्रमा मिथुन राशिमा, मृगाशिरा नक्षत्र, सिद्धि योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५० बजे, सूर्यास्त साँझ ६:५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पदा घीउ खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्...
मिल्स भेट्रान्स गोल्डकपः उद्घाटन खेलबाट आयोजकको बिजयी सुरुवात

मिल्स भेट्रान्स गोल्डकपः उद्घाटन खेलबाट आयोजकको बिजयी सुरुवात

विराटनगर । विराटनगरमा शनिवारदेखि १ नं. प्रदेश स्तरीय प्रथम मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । रानीस्थित मिल्स भेट्रान्स क्लबको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्स क्लब बिजयी भएको छ । दुलारी भेट्रान्स क्लब मोरङ...
काठमाडौंका सार्वजनिक स्थानमा आजदेखि सुर्तिजन्य पदार्थ सेवन निषेध

काठमाडौंका सार्वजनिक स्थानमा आजदेखि सुर्तिजन्य पदार्थ सेवन निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन निषेध गरेको छ । सर्वसाधारणको स्वास्थ्य, सुविधा र आर्थिक हित अभिवृद्धि गर्ने उद्देश्यले महानगरले सुर्तिजन्य पदार्थ सेवन निषेध गरेको हो । सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थको नसा लिने वा सेवन गर्ने काम निषेध गरिएको हो । महानग...
काठमाडौंमा एमालेको पदयात्रा

काठमाडौंमा एमालेको पदयात्रा

काठमाडौं । संविधान दिवसको सातौं बर्षगाँठको अवसर पारेर नेकपा एमालेले आज बिहान काठमाडौंमा पदयात्रा आयोजना गरेको छ । ‘संविधानको सात वर्षे यात्रा, युवा सँग–सँगै पदयात्रा’ नारासहित पदयात्रा आयोजना गरिएको हो । ललितपुरको कुपण्डोल, काठमाडौँको कालीमाटी, नयाँ बानेश्वर, मैतीदेवी र लैनचौरबाट सुरु भएको पदयात्रा शहीद गेटमा आइपुगेको थियो । पदयात्रामा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता तथा हजारौं कार्...
२०७९ असोज १ गते शनिवारको राशिफल

२०७९ असोज १ गते शनिवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर १७ नेपाल सम्बत ११४२ जंंलाथ्य सप्तमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु,असोज कृष्ण पक्ष सप्तमी तिथी, चन्द्रमा बृष राशिमा, रोहिणी नक्षत्र, वज्र योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४८ बजे, सूर्यास्त साँझ ६:६ बजे हुनेछ । आज जन्म लिने बच्चाको बृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पदा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त ...
नोबेलको शिविरबाट बेलबारी र सुन्दरहरैंचाका ९ सय विरामीले पाए निःशुल्क उपचार

नोबेलको शिविरबाट बेलबारी र सुन्दरहरैंचाका ९ सय विरामीले पाए निःशुल्क उपचार

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले शुक्रवार मोरङको सुन्दरहरैंचा र बेलवारीका तीन स्थानमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा करिब ९ सय विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले बिपन्न विरामीलाई लक्षित गर्दै बेलवारी नगरपालिका वडा नम्बर ८, ९ र सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ मा शिविर सञ्चालन गराएका हुन् । तीन वटा शिविरबाट ८९३ जना विरामीको...
विशेषज्ञ डाक्टरको टोलीसहित चुनावी क्षेत्रका गाउँ-गाउँमा सुनिल शर्मा

विशेषज्ञ डाक्टरको टोलीसहित चुनावी क्षेत्रका गाउँ-गाउँमा सुनिल शर्मा

मोरङ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै अहिले नेताहरू चुनावी अभियानमा जुटेका छन् । उम्मेद्वार बन्न लागेकाहरू जनताको घरदैलोमा पुगेर आश्वासन बाढ्दै भोट माग्न व्यस्त छन् । यही परिवेशका एक फरक पात्र हुन् डा.सुनिल शर्मा । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ बाट उम्मेदवारका लागि सर्वसम्मत रुपमा एकल नाम सिफारिसमा परेका डा.शर्माको चुनावी अभियान अलिक फरक छ । उनी...
विराटनगरमा ब्राउन सुगरसहित इटहरीका युवा पक्राउ

विराटनगरमा ब्राउन सुगरसहित इटहरीका युवा पक्राउ

विराटनगर । विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी–४ का २२ बर्षीय बिशाल भुजेल छन् । गएराती लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा विराटनगर–१५ बाट भुजेललाई पक्राउ गरेको हो । को.३५ प २२६६ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका भुजेलक...
झापाबाट ब्राउन सुगरसहित आमा-छोरा पक्राउ

झापाबाट ब्राउन सुगरसहित आमा-छोरा पक्राउ

झापा । झापाबाट लागूऔषध ब्राउन सुगरसहित आमा-छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड–४ की ३८ वर्षीया सुगन्दा अन्सारी र उनका १७ वर्षीय छोरा अर्मान छन् । लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा लागूऔषध ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । घरभित्रै प्लास्टिकमा ब्राउनसुगर प्याकिङ गरिरहेको अवस्थामा १ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई ...
पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका–१ स्थित सेसम्बुमा पहिरो खस्दा गएरातिदेखि मेची राजमार्ग अवरुद्ध भएको छ । गएराती करिब पौने १२ बजे पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी र काठमाडौंतर्फ जाने र त्यहाँबाट आउँने सवारी साधन आवतजावत हुन सकेका छैनन् । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ । सडक खुलाउँनका लागि जेसीवीको सहयोगमा पहिरो...
लालपूर्जा वितरण रोक्न निर्वाचन आयोगको निर्देशन

लालपूर्जा वितरण रोक्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न नभएसम्म जग्गा वितरणसम्बन्धी कुनै काम नगर्न निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । निर्वाचन आयोगले बिहीबार विज्ञप्ति जारी गरी आसन्न निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन सम्पन्न नभएसम्म जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्ने लगायतका सबै काम तत्काल स्थगित गर्न निर्देश...
२०७९ भदौ ३१ गते शुक्रवारको राशिफल

२०७९ भदौ ३१ गते शुक्रवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर १६ नेपाल सम्बत ११४२ जंंलाथ्य षष्ठी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु,असोज कृष्ण पक्ष षष्ठी तिथी, चन्द्रमा बृष राशिमा,कृत्तिका नक्षत्र, वज्र योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४८ बजे, सूर्यास्त साँझ ६:८ बजे हुनेछ । आज जन्म लिने बच्चाको बृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पदा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त ...
डा.शर्माले बेलबारी र सुन्दरहरैंचामा गराए निःशुल्क स्वास्थ्य शिविर, हजार बिरामी लाभान्वित

डा.शर्माले बेलबारी र सुन्दरहरैंचामा गराए निःशुल्क स्वास्थ्य शिविर, हजार बिरामी लाभान्वित

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं कांग्रेस नेता डा.सुनिल शर्माले बिहीवार मोरङको क्षेत्र नं. ३ का तीन छुट्टा छुट्टै स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । डा.शर्माले नोबेल अस्पतालमार्फत सुन्दरहरैंचा वडा नंम्बर १०, १२ र बेलबारी–१० भाउन्नेमा शिविर सञ्चालन गराएका हुन् । तीन वटा शिविरबाट एक हजार ५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालले जन...
विराटनगरबाट २१ लाखको सामानसहितको ट्याक्टर प्रहरी नियन्त्रणमा

विराटनगरबाट २१ लाखको सामानसहितको ट्याक्टर प्रहरी नियन्त्रणमा

मोरङ । विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट प्रहरीले करिब २१ लाख मूल्य बराबरको सामानसहितको ट्याक्टर नियन्त्रणमा लिएको छ । न्यूनतम मुल्याङ्कन गरी भारतबाट आयात गरिएका बिभिन्न सामाग्रीहरुसहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले बीआर ३८ ई ७४२५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । ट्याक्ट...
धरानमा वृद्धाको हत्या, गहना लुटेर हत्या गरिएको आशंका

धरानमा वृद्धाको हत्या, गहना लुटेर हत्या गरिएको आशंका

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० मा एक जना वृद्धाको हत्या भएको छ । स्थानीय ६५ वर्षीया पूर्णीमाया राईको हत्या भएको हो । एक्लै बस्दै आएकी वृद्धाको निवासमै हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । उनको हत्या लुटेरा समूहले गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । वृद्धाले घाँटी र कानमा सुनका गहना लगाउने गरेका कारण लुटेराहरूले हत्या गरेको हुनसक्ने प्रहरी स्रोतको अनुमान छ । घटना...
गोरखपुर रेलवे स्टेशनबाट १६ नेपाली बालकको उद्धार

गोरखपुर रेलवे स्टेशनबाट १६ नेपाली बालकको उद्धार

राँझा । जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ जना नेपाली बालकको उद्धार गरिएको छ। भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए। रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारत पुर्...
२०७९ भदौ ३० गते बिहीवारको राशिफल

२०७९ भदौ ३० गते बिहीवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर १५ नेपाल सम्बत ११४२ जंंलाथ्य पञ्चमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु,असोज कृष्ण पक्ष पञ्चमी तिथी, चन्द्रमा मेष राशिमा,भरणी नक्षत्र, व्याघात योग, तैतील करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४८ बजे, सूर्यास्त साँझ ६:८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुन...
कविता: बालअधिकार

कविता: बालअधिकार

न त बाबा नत आमा नत दाजुभाइ कस्ले देला खाना अनि नाना तिनीलाई सडकमा हिडेका छन् साना साना नानी बोकेका छन् सडकका झोला बोतल तानी नाना छैन खाना छैन हातमा किताब छैन तिनीहरुलाई देखे देखि यो मन खुसि छैन तिनी पनि साना नै छन् छैन परिवार संघ सस्था ठुला बडा बनौ जिम्मेवार सुनिश्चित गर सरकार बालअधिकार सडकका बालकालिकाको पारौ सपना साकार आयुसा खनाल कक्षा ४ पाथिभरा सेकेन्डरी विधालय इटहरी
मोरङको सुन्दरहरैंचा र कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङको सुन्दरहरैंचा र कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको सुन्दरहरैंचा र कानेपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पताल सञ्चालक डा.सुनिल शर्माको योजना अनरुप ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गर्दै सुन्दरहरैंचा नगरपालिका वडा नं.१० स्थित सुकुम्वासी बस्ती, सुन्दरहरैंचा वडा नं. १२ र कानेपोखरी वडा नं.७ मा शिविर सञ्चालन गरिएको हो । सुन्दरहरैंचा १० स्थित सुकुम्वासी बस्तीमा गरिएक...
error: Content is protected !!