संगालोखबर


काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि आजै शपथ लिएका छन् । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् ।

Advertisement

स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाउँदा सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । शिशिर खनालले परराष्ट्र मन्त्रालय, सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् ।

विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, खड्कराज पौडेल (गनेश) ले पर्यटनमन्त्री, सस्मित पोखरेलले शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री, विक्रम तिमिल्सिना सञ्चारमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, दीपक साह श्रम मन्त्री र सोविता गौतमले कानुन मन्त्री र सीता वादी महिला, बालबालिका मन्त्री बनेकी छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!