
विराटनगर । भोलि देशको हिमाली भू-भागमा अधिकांश, पहाडी भू-भागमा साधारणतया र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । सबै प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै तथा तराई भू-भागको एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै शनिबार दिउँसो कोशी, मधेश, बागमती प्रदेशका केही स्थानहरू तथा बाँकी हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
शनिबार राति कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

संगालोखबर 



















