सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो तोलामा ?

सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १४ हजार छ सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ७३ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन प्रतितोला दुई लाख ७५ हजार पाँच सय र आइतबार दुई लाख ८२ हजार रुप...
विराटनगरमा पतिले नै हत्या गरेर कल्भर्टमा फ्याँकेका थिए पत्नीको शव

विराटनगरमा पतिले नै हत्या गरेर कल्भर्टमा फ्याँकेका थिए पत्नीको शव

विराटनगर । विराटनगर महानगरपालिका-१५ हर्ताली हाटका रोशन साहले पत्नीको हत्या गरेर शव कल्भर्टमा फ्याँकेको खुलेको छ । मंगलबार साँझ विराटनगर-१७ स्थित छाला फ्याक्ट्रीको पश्चिममा रहेको कल्भर्टमुनि पानीभित्र फालिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट साहले ३२ वर्षीया पत्नी कोमलकुमारी साहको हत्या गरेर हातखुट्टा बाँधेर तन्नाले बेरेर कल्भर्टमा शव फ्याँकेको खुलेको हो । शव फ्याँक...
विराटनगरमा दुबै खुट्टा बाँधेर तन्नाले बेरेर फ्याँकेको अवस्थामा शव फेला

विराटनगरमा दुबै खुट्टा बाँधेर तन्नाले बेरेर फ्याँकेको अवस्थामा शव फेला

विराटनगर । विराटनगर महानगरपालिका-१७ स्थित वडा कार्यालय र छाला उद्योग नजिककैको कल्भर्ट मुनि शव फेला परेको छ । आज साँझ दुबै खुट्टा बाँधेर तन्नाले बेरेर फ्याँकेको अवस्थामा शव फेला परेको हो । ‘दुबै खुट्टा बाँधेर तन्नाले बेरेर फ्याँकेको अवस्थामा शव फेला परेको छ’, मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले संगालोखबरसँग भने, ‘अहिले कल्भर्टबाट शव निकालेर आवश्यक कानुनी प्रकिया पूरा गर्ने काम भइरहे...
विराटनगर महानगरले नियन्त्रणमा लियो केशलिया खोलामा फोहोर फ्याल्ने ट्याङ्कर 

विराटनगर महानगरले नियन्त्रणमा लियो केशलिया खोलामा फोहोर फ्याल्ने ट्याङ्कर 

विराटनगर । विराटनगर महानगरपालिकाले वातावरणीय प्रदूषण नियन्त्रणमा कडाइ गर्दै केशलिया खोला तथा आसपासका कृषि क्षेत्रमा शौचालयजन्य फोहोर फ्याल्ने तीन वटा ट्याङ्कर नियन्त्रणमा लिएको छ । आज दिउँसो विराटनगर-६ स्थित केशलिया खोलामा फोहोर फ्याँकिरहेको अवस्थामा नगर प्रहरीले को १ त ३८८३, को १ त ९४०२ र को २ त ४३७० नम्बरका ट्याङ्कर नियन्त्रणमा लिएको हो । महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार सार्वजनिक स्...
हिलेमा रामनवमी कप भलिबल : उद्घाटनमा भोजपुरको रामप्रसादराई गाउँपालिका विजयी

हिलेमा रामनवमी कप भलिबल : उद्घाटनमा भोजपुरको रामप्रसादराई गाउँपालिका विजयी

धनकुटा । धनकुटाको हिलेमा आजबाट १८ औ संस्करणको कोशी प्रदेश स्तरीय अन्तरपालिका ‘रामनवमी कप’ भलिबल प्रतियोगिता सुरु भएको छ । हिले भलिबल क्लबको आयोजनामा सुरु भएको उद्‌घाटन खेलमा भोजपुरको रामप्रसाद राई गाउँपालिकाले विजयी सुरुवात गरेको छ । भोजपुरकै हतुवागढी गाउँपालिकालाई १९-२५, २५-२३, २४-२६, २५-०९, १५-१० को सेटले हराउँदै रामप्रसादले विजयी सुरुवात गरेको हो । प्रतियोगितामा पूर्वका नौ पालिकाको सहभागिता ...
नेपालमा वार्षिक ६७ हजार क्षयरोगका बिरामी थपिदै

नेपालमा वार्षिक ६७ हजार क्षयरोगका बिरामी थपिदै

धनकुटा । नेपालमा वार्षिक करिब ६७ हजार क्षयरोगका बिरामी थपिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । धनकुटा नगरपालिका र स्वास्थ्य कार्यालय धनकुटाले विश्व क्षयरोग दिवसको अवसरमा आज आयोजना गरेको अभिभुखिकरण कार्यक्रममा यस्तो तथ्याङ्क पाइएको हो । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल वार्षिक १६ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने छ । मधेश र बागमती प्रदेशमा क्षयरोगका धेरै बिरामी रह...
धनकुटामा सामाजिक तथा वित्तीय सीप रूपान्तरणसम्बन्धी तालिम

धनकुटामा सामाजिक तथा वित्तीय सीप रूपान्तरणसम्बन्धी तालिम

धनकुटा । धनकुटा नगरपालिकाले नगर क्षेत्रका २६ जना किशोर तथा किशोरीहरूलाई सामाजिक तथा वित्तीय सीप रूपान्तरणसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यान्वयन तथा विश्व बैंकको आर्थिक सहयोगमा तालिम दिइएको हो । चैत्र ४ गतेबाट सुरुभएको तालिम आज एक कार्यक्रमबीच समापन गरिएको छ । किशोर-किशोरीलाई लक्षित गरी संचालन भएको तालिमबाट सामाजिक र वित्तीय ...
सुनसरीको इनरुवामा २१० फिट अग्लो राष्ट्रिय झण्डा फहराइयो

सुनसरीको इनरुवामा २१० फिट अग्लो राष्ट्रिय झण्डा फहराइयो

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका-७ मा २१० फिट अग्लो नेपालको झण्डा फहराइएको छ । जुन नेपालकै सबैभन्दा अग्लो भएको बताइएको छ । निर्माणाधीन ग्रीन सिटी पार्क भित्र पाथीभरा देवीको मन्दिर निर्माणका लागि आयोजित पुराणकाबीच राष्ट्रिय झण्डा राखिएको हो । आज पञ्चेबाजाको धुनसहित विशेष पूजाआजा गरेर अग्लो उचाइमा झन्डोत्तोलन गरिएको छ । यसले इनरुवाको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-४ बस चोकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-६ का २६ वर्षीय खेमबहादुर देवान लिम्बु र २७ वर्षीय शौरभ कटुवाल छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १-०२-०४९ प ५७०२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई रोकेर चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । उ...
आमाको नामबाट २ हजार ९४८ जनाले लिए नागरिकता

आमाको नामबाट २ हजार ९४८ जनाले लिए नागरिकता

काठमाडौं । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली २०८२ जारी भएदेखि आमाको नामबाट २ हजार ९४८ जनाले नागरिकता लिएका छन् । नयाँ नियमावली जारी भएपछि अहिलेसम्म नयाँ व्यवस्थाअनुसार उनीहरूले नागरिकता प्राप्त गरेका गृह मन्त्रालयले जनाएको छ । चौथो पटक संशोधन गरिएको नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको थियो । गएको पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावलीमा स्वीकृत...
मोरङको लेटाङमा हिरासत कक्षभित्र पुस्तकालय स्थापना

मोरङको लेटाङमा हिरासत कक्षभित्र पुस्तकालय स्थापना

विराटनगर । मोरङको लेटाङस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षभित्र पुस्तकालय स्थापना गरिएको छ । थुनुवाको हातहातमा किताब अभियान सुरु गरेको प्रहरी कार्यालयले सोमबार पुस्तकालय स्थापना गरेको  हो । पुस्तकालय स्थापनाका लागि लेटाङ नगरपालिका-३ मा रहेको न्यु श्याम पुस्तक भण्डारले २२ थान  पुस्तक पनि उपलब्ध गराएको छ ।  इलाका प्रहरी कार्यालय लेटाङमा १० जना थुनुवा छन् । यसअघि जिल्ला प्रहरी कार्यालय मोरङक...
पाथीभरा दर्शन गरेर फर्कने क्रममा बालकको मृत्यु

पाथीभरा दर्शन गरेर फर्कने क्रममा बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा एक बालकको मृत्यु भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका-२ का हरि श्रेष्ठका अढाइ वर्षीय छोरा सोहनको मृत्यु भएको हो । प्रहरीका अनुसार अभिभावक र आफन्तसँग मन्दिर दर्शनका लागि आएका बालक फर्कने क्रममा बाटो अचानक बिरामी परेका थिए । उनलाई तत्काल जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो । बालकको उपचारकै क्रममा मृत्यु भएको...
मोरङको पथरीशनिश्चरेमा मोटरसाइकल ग्यारेजमा आगलागी

मोरङको पथरीशनिश्चरेमा मोटरसाइकल ग्यारेजमा आगलागी

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका-१ मा मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । मन्दिर लाइनस्थित कृष्ण थापाको घरमा भाडामा सञ्चालन हुँदै आएको मोटरसाइकल ग्यारेजमा गएराति आगलागी भएको हो । पथरीशनिश्चरे-२ का खिलबहादुर परियारले सञ्चालन गर्दै आएको ग्यारेजका २ सटर कोठामा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा करिब राति ११ बजे आ...
भोजपुरमा अस्पताल निर्माण अलपत्र पार्ने कम्पनीलाई कारबाही प्रक्रिया सुरु

भोजपुरमा अस्पताल निर्माण अलपत्र पार्ने कम्पनीलाई कारबाही प्रक्रिया सुरु

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने निर्माण कम्पनीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ । आर्थिक वर्ष २०७७/७८ मा सुरु गरिएको १५ शय्याको कोट अस्पताल निर्माण कार्यलाई अलपत्र पार्ने भूमि हिमालयन जेभी, विराटनगरलाई गाउँपालिकाले कारबाहीको दायरामा ल्याएको हो । गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै उक्त निर्माण कम्पनीलाई स्पष्टीकरणसह...
झापाका वाम नेताहरूद्वारा कम्युनिष्ट आन्दोलन पुनर्गठनको उद्घोष

झापाका वाम नेताहरूद्वारा कम्युनिष्ट आन्दोलन पुनर्गठनको उद्घोष

झापा । झापाका वामपन्थी तथा कम्युनिष्ट नेताहरूले नेपाली कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको ठहर गर्दै यसको रक्षा र शुद्धीकरणका लागि व्यापक पुनर्गठन र ध्रुवीकरणको अभियान सुरु गर्ने घोषणा गरेका छन् । एक संयुक्त अपिल जारी गर्दै विभिन्न कम्युनिष्ट घटकमा आबद्ध १० जना नेताहरूले वर्तमान नेतृत्वको कार्यशैली, वैचारिक विचलन र सत्ता स्वार्थका कारण आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताएका हुन् । उनीहरूल...
आज पनि सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

आज पनि सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७३ हजार नौ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कायम भएको थियो । आज पनि चाँद...
चैती छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

चैती छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

विराटनगर । मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदैछ । आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदैछन् । पर्वको मुख्य दिन आज साँझ व्रतालुले आ-आफ्ना घरमा गहुँ र चामललाई ओखल, जाँतो वा ढिकीमा कुटानीपिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका...
झापामा सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

झापामा सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

झापा । झापाको कचनकवल गाउँपालिका-४ केचनामा सीटी सफारी र भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक कचनकवल गाउँपालिका-४ का ५० वर्षीय सुकदेव गणेशको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार सोमबार साँझ बनियानीबाट लोधाबारीतर्फ जाँ...
आज विश्व क्षयरोग दिवस मनाइँदै

आज विश्व क्षयरोग दिवस मनाइँदै

विराटनगर। आज विश्व क्षयरोग दिवस मनाइँदैछ । प्रत्येक वर्ष मार्च २४ मा यो दिवस मनाउने गरिन्छ । यो वर्ष ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । दिवसको अवसरमा नेपालसहित विश्वभर विविध जनचेतनामूलक कार्यक्रम गरिँदैछ । जनस्वास्थ्यको गम्भीर समस्याका रूपमा रहेको क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ । तर, पछिल्ला...
चलचित्र पत्रकार संघ काेशीकाे नयाँ कार्यसमिति गठन

चलचित्र पत्रकार संघ काेशीकाे नयाँ कार्यसमिति गठन

विराटनगर ।  चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशको तेस्रो अधिवेशनले वीरेन्द्रकुमार साहकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेकाे छ । आज विराटनगरमा भएकाे अधिवेशनले साहकाे अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति गठन गरेको हाे । अधिवेशनबाट उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुङ्गाना, महासचिवमा विकल श्रेष्ठ, सचिवमा तुलसीप्रसाद निरौला तथा कोषाध्यक्षमा गोपाल काफ्ले चयन भएका छन् । सदस्यहरूमा स्नेहा श्रेष्ठ, रेख...
दलित र गैरदलितबीचको खाडल पुर्न राज्यको लगानी आवश्य पर्नेमा जाेड

दलित र गैरदलितबीचको खाडल पुर्न राज्यको लगानी आवश्य पर्नेमा जाेड

विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश र दलित महिला संघ (फेडो) को आयोजनामा विराटनगरमा ‘कोशी प्रदेशमा दलितको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । ‘जातीय विभेद अन्त्यका लागि राजनीतिक दृढ इच्छाशक्ति सशक्त बनाऔं’ भन्ने अन्तर्राष्ट्रिय नारा तथा ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन’ भन्ने राष्ट्रिय नाराका साथ आयोजित ६१औँ अन्तर्राष्ट्रिय...
बुढीगंगाको न्यू सेभ कराँते एकाडेमीका गुरु पुष्कर राना मगर पक्राउ

बुढीगंगाको न्यू सेभ कराँते एकाडेमीका गुरु पुष्कर राना मगर पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालित न्यू सेभ कराँते एकेडेमीका गुरु पुष्कर राना मगर पक्राउ परेका छन् । बुढीगंगा-२ घर भएका उनलाई आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले चैत ६ गते नियन्त्रणमा लिएको हो । नरग्राम माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बुढीगंगा-२ की १६ वर्षीया सुरक्षा विश्वकर्माले माघ १४ गते प्राणत्याग गरेकी थिइन् । बालिकाको परिवारले दिएको जाहेरीका आधारमा मगरलाई पक्राउ गरि...
खोटाङमा अस्पताल अलपत्र पार्ने निर्माण कम्पनीको गाडी नियन्त्रणमा

खोटाङमा अस्पताल अलपत्र पार्ने निर्माण कम्पनीको गाडी नियन्त्रणमा

खोटाङ । खोटाङको हलेसीमा निर्माणाधीन नगर अस्पताल अलपत्र पार्ने निर्माण कम्पनीको गाडी हलेसी तुवाचुङ नगरपालिकाले नियन्त्रणमा लिएको छ । ठेक्का लिएर काम नगरी अलपत्र पार्ने नमुना हिमालयन जेवी विराटनगर सम्वद्ध रमेश बस्नेत चढेको बागमती प्रदेश १६ च ६८०२ नम्बरको सुजुकी कार आइतबार नगरपालिकाले नियन्त्रणमा लिएको हो । कानुनी आधारमा पटक-पटक ताकेता गर्दा समेत नटेरेकाले बोलाएरै नियन्त्रण लिएको हलेसी तुवाचुङ नग...
विराटनगरमा पनि बर्डफ्लु संक्रमण

विराटनगरमा पनि बर्डफ्लु संक्रमण

विराटनगर । विराटनगरमा पनि बर्डफ्लु संक्रमण पुष्टि भएको छ । आइतबार विराटनगर-४ स्थित दाहाल कृषि फर्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको हो । यसअघि सुन्दरहरैंचा र उर्लाबारी एक/एक तथा कटहरीका दुई वटा फर्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको थियो । यस्तै झापामा पनि बर्डफ्लु संक्रमण पुष्टि भइसकेको छ । केहिदिनको अन्तरालमै मोरङका पाँच स्थानमा बर्डफ्लु संक्रमण भएको हो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र...
आज विराटनगरको अधिकतम तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान

आज विराटनगरको अधिकतम तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान

विराटनगर । जल तथा मौसम विज्ञान विभागले देशका प्रमुख शहरहरूको तापक्रम पूर्वानुमान सार्वजनिक गरेको छ । आज विराटनगर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । यस्तै काठमाडौंको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियसको बीचमा रहने जनाइएको छ । पोखराको अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सिय...
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प

इटहरी । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । आइतबार धरानमा भएको तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनबाट संघको उपाध्यक्षमा रबिन राउत, सचिवमा मनोज दाहाल, सह-सचिवमा आरती थापा ‘रश्मी’ र कोषाध्यक्षमा सुमित कार्की चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरूमा रबिना काफ्ले, आरबी कटुवा...
सुनको मूल्य दुई दिनमा १९ हजार घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य दुई दिनमा १९ हजार घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आइतबार १२ हजार पाँच सय घटेको सुनको मूल्य आज छ हजार पाँच सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदीको मूल्यमा भारी गिरावट भएको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक सय...
मोरङको सुन्दरहरैंचामा नालीभित्र भेटियो युवकको शव

मोरङको सुन्दरहरैंचामा नालीभित्र भेटियो युवकको शव

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-२ हिमाल चोकमा नालीभित्र एक युवकको शव फेला परेको छ । आज बिहान घोप्टो परेको अवस्थामा स्थानीय ३४ वर्षीय गोविन्द भनिने अनिल अधिकारीको शव फेला परेको हो । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लिलाराज लामिछानेका अनुसार घटनास्थल नजिकै साइकल पनि फेला परेको छ । रातको समयमा साइकल चढेर घर जाने क्रममा अधिकारी नालीमा खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । नाली ग...
झापामा चितुवाको आक्रमणबाट चार जना घाइते

झापामा चितुवाको आक्रमणबाट चार जना घाइते

झापा । झापाको बुद्धशान्ति गाउँपालिका-४ मा चितुवाको आक्रमणबाट सशस्त्र प्रहरीका सईसहित चार जना घाइते भएका छन् । आज दिउँसो चितुवाको आक्रमणबाट उनीहरू घाइते भएका हुन् । चितुवाको आक्रमणबाट सशस्त्र प्रहरी बल सुरक्षा बेस टिमाईका सई केदार श्रेष्ठ, बुद्धशान्ति-६ का ५० वर्षीय कृष्ण गजमेर, ५४ वर्षीय दुर्गाबहादुर कटुवाल र मेचीनगर नगरपालिका-१० का २६ वर्षीय विशाल कार्की घाइते भएका छन् । उनीहरूको अवस्था सामान्...
गगन थापाको राजीनामा अस्वीकृत गर्ने केन्द्रीय समितिको निर्णय

गगन थापाको राजीनामा अस्वीकृत गर्ने केन्द्रीय समितिको निर्णय

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । चुनावी हारको जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा दिएका थिए । उक्त राजीनामाबारे काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरिएको थियो । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो । गत पुसम...
सुनसरीले जित्यो ‘अनिल-मीन’ क्रिकेट प्रतियोगिताको उपाधि

सुनसरीले जित्यो ‘अनिल-मीन’ क्रिकेट प्रतियोगिताको उपाधि

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा पहिलो पटक भएको ‘अनिल-मीन’ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरी जितेको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा आज भएको तेस्रोे खेलमा मोरङलाई ७४ रनले पराजित गर्दै ३ खेलको सिरिज २-१ ले सुनसरीले उपाधि जितेको हो । पहिलो खेल मोरङसँग ५९ रनले पराजित भएको सुनसरीले दोस्रो खेल २१ रनले जितेको थियो । टस जितेर ब्याटिङ गरेको सुनसरीले खरा...
error: Content is protected !!