विराटनगर र धरानको भाटभटेनीमा जलेर मृत्यु भएका को हुन् ?

विराटनगर र धरानको भाटभटेनीमा जलेर मृत्यु भएका को हुन् ?

विराटनगर । विराटनगर र धरानको भाटभटेनी सुपर मार्केटमा जलेको अवस्थामा भेटिएका मानव कङ्कालको पहिचान हुन सकेको छैन । जलेर खरानी भएको अवस्थामा कङ्काल भेटिएको खबर सार्वजनिक भएपनि कतैबाट आफन्त हराएको जानकारी प्रहरीले पाएको छैन । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि हालसम्म धरानमा चार र विराटनगरमा एउटा मानव कङ्काल फेला परेको छ । खरानी भएको अवस्थामा भेटिएका कङ्काल आगजनीकै क्रममा लुटपाट गर्न गएक...
जेनजी पुस्ताका मागसँगै राजनीति र निजामती सेवा !  

जेनजी पुस्ताका मागसँगै राजनीति र निजामती सेवा !  

अहिले हामी इतिहासको जटिल मोडमा उभिएका छौँ । यो समस्याको मूल कारण दलभित्रको आन्तरिक लोकतन्त्र, सुशासन र विधिको शासनमा कमी भएर हो भन्ने कुरामा दुईमत छैन । अर्को जटिल कारणको बारेमा खासै छलफल भएजस्तो लागेन । नेपालमा रहेको निजामती सेवा र उनीहरूको काम गर्ने शैलीमा देखा पर्ने मनोविज्ञान, जसका कारण पनि राजनीतिक नेतृत्व पटक-पटक फेल खाइरहेको छ । निजामती सेवा र उनीहरूभित्र देखा परेको निजी मनोविज्ञानले नेप...
देशका विभिन्न कारागारबाट भागेका सात कैदी झापा प्रहरीको नियन्त्रणमा

देशका विभिन्न कारागारबाट भागेका सात कैदी झापा प्रहरीको नियन्त्रणमा

विराटनगर । झापाबाट सात जना कैदी पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देशका विभिन्न कारागारबाट भागेका पाँच पुरुष र दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठका अनुसार पक्राउ पर्नेमा केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका कैदी छन् । ‘केही कैदीलाई सिमानाकाबाट पनि नियन्त्रणमा लिइएको...
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा दुई लाख १७ हजार नाघ्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा दुई लाख १७ हजार नाघ्यो

विराटनगर । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा एक हजार नौ सय रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको...
भारतमा गाडी दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार नेपालीको मृत्यु

भारतमा गाडी दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार नेपालीको मृत्यु

विराटनगर । भारतको हिमाञ्चल प्रदेशको सिमला जिल्लास्थित कोटखाईमा गाडी दुर्घटना हुँदा चार नेपालीको मृत्यु भएको छ । दुर्घटनामा सल्यानको कुमाख गाउँपालिका-४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् । तीन जना एकै परिवारका रहेको जनाइएको छ । दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । पिकअप अनियन्त्रित भएर भीरबाट ...
झुम्का कारागारबाट फरार कैदी धनकुटामा पक्राउ

झुम्का कारागारबाट फरार कैदी धनकुटामा पक्राउ

विराटनगर । सुनसरीको झुम्का कारागारबाट भागेका एक कैदी धनकुटाबाट पक्राउ परेका छन् । कर्तव्य ज्यान, जबरजस्ती र चोरी मुद्धामा कारागार चलान भएका चौबिसे गाउँपालिका-२ धारापानीका ४६ वर्षीय रमेश पाङ्मी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार प्रहरी चौकी मुढेवासबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ घरबाटै नियन्त्रणमा लिएको हो । २० वर्ष कैद र एक लाख ३०...
असोज १ गते शोक दिवस मनाउने निर्णय

असोज १ गते शोक दिवस मनाउने निर्णय

काठमाडौं । सरकारले असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवस मनाउने निर्णय गरेको हो । सो अवसरमा सरकारले असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई सहिद घोषणा गरिएको छ । यस्तै ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्य...
आजबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

आजबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

विराटनगर । सरकारले आजदेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका दुई व्यापार कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले देशभरका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् । सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो २ देखि १० रुपैयाँसम्म छुट दिने जनाइएको छ । भदौ ८ गतेको मन्त्रीस्तरको...
विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा एक जनाको कंकाल फेला

विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा एक जनाको कंकाल फेला

विराटनगर । विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा एक जनाको कंकाल फेला परेको छ । जलेर खरानी भएको अवस्थामा कंकाल फेला परेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा घुसपैठ हुँदा भदौ २४ गते राति भाटभटेनीमा आगजनी भएको थियो । सोही क्रममा बाहिर निक्लन नसक्दा जलेर मृत्यु भएको हो । मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जलेको अवस्थामा कंकाल भेटिएको संगालोखबरलाई जानकारी दिइन् । कङ्काल भेटिएकाले त...
जिल्ला प्रशासन कार्यालय मोरङले भन्यो– चोरी भएका सामान फिर्ता नगरे कारबाही हुन्छ

जिल्ला प्रशासन कार्यालय मोरङले भन्यो– चोरी भएका सामान फिर्ता नगरे कारबाही हुन्छ

विराटनगर । जेनजी आन्दोलनका क्रममा चोरी भएका सामान फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेका छन् । आज सूचना जारी गर्दै कार्यालयले सामान फिर्ता नगरे कानुन बमोजिम कारबाही गरिने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जारी गरेको सूचनामा २४ गतेको आन्दोलनको क्रममा चोरिएका सामान फिर्ता गर्न भनिएको छ । उक्त घटनामा सवारी साधनहरू, कम्प्युटर सेट, टिभी, वासिङ मेसिन, हार्ड डिक्स,...
जेनजी आन्दोलनमा ज्यान गुमाउनेको सम्मानमा शोक दिवस मनाउने निर्णय

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको सम्मानमा शोक दिवस मनाउने निर्णय

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयले निर्णय गरेको छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गर्दै शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन् । शोक दिवस मनाउने दिनको टुङ्गो मन्त्रिपरिषद्ले निर्णय गर्ने उनले बताए । आन्दोलनका क्रममा ज्यान गुमाएकाका परिवारलाई काजकिरिया खर्चबापत प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराउने उ...
जेनजी आन्दोलनमा लुटिएका सामान फिर्ता गराउने अभियानमा पारुल क्षेत्रीको समूह

जेनजी आन्दोलनमा लुटिएका सामान फिर्ता गराउने अभियानमा पारुल क्षेत्रीको समूह

विराटनगर । राजनीति छाडेर समाज सेवामा सक्रिय विराटनगरका पारुल क्षेत्री अहिले जेनजी आन्दोलनका क्रममा लुटिएका सामान फिर्ता गराउने अभियानमा जुटेका छन् । उनले अभियान नै सञ्चालन गरेर विराटनगरका विभिन्न स्थानमा पुगेर आन्दोलनका क्रममा लुटिएका सामान फिर्ता गर्न आग्रह गरिरहेका छन् । उक्त अभियानमा उनलाई साथ दिनेको संख्या धेरै छ । हरियाली अभियन्ता समेत रहेका क्षेत्रीको समूहमा अन्य व्यक्तिहरू पनि सक्रिय छन्...
धनकुटामा तरकारी उत्पादन बढ्यो

धनकुटामा तरकारी उत्पादन बढ्यो

धनकुटा । धनकुटामा तरकारी उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा तरकारी उत्पादन बढेको हो । पछिल्लो समय व्यवसायिक कृषि कर्ममा लाग्ने कृषकहरूको संख्या बढेसँगै तरकारी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । धनकुटामा गत आर्थिक वर्ष १ लाख ६४ हजार २ सय १८ मेट्रिक टन तरकारी उत्पादन भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १ लाख ३७ हजार ४ सय ४८ मेट...
नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनियताको सपथ

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ नियुक्त गरेका तीन मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहण गराएका हुन् । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने कानुनविद् ओमप्रकाश अर्यालले गृहसहित कानुन मन्त्रालय र पूर्व...
ताप्लेजुङमा मनाइयो साताव्यापी रेडपान्डा दिवस

ताप्लेजुङमा मनाइयो साताव्यापी रेडपान्डा दिवस

ताप्लेजुङ । ताप्लेजुङमा साताव्यापी रेडपान्डा दिवस मनाइएको छ । विभिन्न कार्यक्रम आयोजना गर्दै १५ औँ अन्तर्राष्ट्रिय रेडपान्डा दिवस मनाइएको हो । रेडपान्डाको बासस्थान नजिकै रहेका विद्यालयहरूमा रेडपान्डा दिवस मनाएको हिमाली संरक्षण मञ्चले जनाएको छ । मञ्चका अनुसार भदौ १८ गतेदेखि २९ गतेसम्म फुङ्लिङ, फक्ताङलुङ, सिरिजङ्घा र पाथीभरा याङवरक गाउँपालिकासहितका विद्यालयमा कविता, निबन्ध, वक्तृत्वकला, हाजिरी जव...
झुम्का कारागारबाट भागेका एक हजार १८५ कैदीबन्दी अझै फरार

झुम्का कारागारबाट भागेका एक हजार १८५ कैदीबन्दी अझै फरार

विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका कैदीमध्ये एक हजार एक सय ८५ जना अझै फरार छन् । अहिले ६ सय १४ जना कैदी कारागारमा छन् । ‘उक्त दिन एक हजार सात सय ९९ जना कैदीबन्दी कारागारमा थिए’, जेलर सुवास लामिछानेले भने, ‘हामीले सूचना जारी गरेर सम्पर्कमा आउन भनेका छौँ । केही आउने क्रममा पनि छन् । केही आइरहेका छन् ’ गत मङ्गलबार राति प्रदर्शनकारी कारागारमै पुगेर कैदीबन्दीलाई भगा...
नवनियुक्त मन्त्रीहरूले आज सपथ लिँदै

नवनियुक्त मन्त्रीहरूले आज सपथ लिँदै

काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनियताको सपथ लिँदै छन् । उनीहरूलाई बिहान ११ः३० बजे सपथ ग्रहण गराउने कार्यक्रम छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै कानुनविद् ओमप्रकाश अर्याललाई गृहस...
नवनियुक्त प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै जेनजीहरुले नै गरे प्रदर्शन

नवनियुक्त प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै जेनजीहरुले नै गरे प्रदर्शन

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा गएराती जेनजीहरुले नै प्रदर्शन गरेका छन् । प्रधानमन्त्रीले युवाहरूसँग समन्वय नगरी आफूखुसी मन्त्रीहरू नियुक्त गरेको भन्दै जेनजी समूहको अगुवाई गर्दै आएका सुदन गुरुङसहितको समूहले नारावाजी गरेको हो । सो क्रममा जेनजी आन्दोलनको क्रममा मृत्यु भएका व्यक्तिको परिवारका सदस्यहरू पनि सहभागि थिए । उनीहरूले ‘...
इटहरीबाट दुईवटा ट्रकमा राखिएको अवस्थामा ५ हजार किलो गाँजा बरामद

इटहरीबाट दुईवटा ट्रकमा राखिएको अवस्थामा ५ हजार किलो गाँजा बरामद

विराटनगर । सुनसरीको इटहरीबाट ५ हजार किलो गाँजा बरामद भएको छ । आइतबार बिहानको राति करिब १ः३० बजे सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो । विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले सडकमा रोकेर राखेको २ वटा ट्रक चेकजाँच गर्दा १ सय ५८ बोरामा प्याक गरिएको अवस्थामा गाँजा फेला परेको हो । ना ४ ख २९०१ नम्बरको ट्रकबाट १ सय २४ बोरा र बा ५ ख ११६९ नम्बरको ट्रकबाट गाँजा फेला परेको सशस्त्र प्रहरीले ...
धनकुटामा क्रियाशील दलहरूको अपिल : घुसपैठ गरी विध्वंस मच्चाउनेलाई कारबाही होस् 

धनकुटामा क्रियाशील दलहरूको अपिल : घुसपैठ गरी विध्वंस मच्चाउनेलाई कारबाही होस् 

धनकुटा । धनकुटामा क्रियाशील राजनीतिक दलले भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा घुसपैठ गरी अवाञ्छित गतिविधि गर्नेहरूमाथि कारवाहीको माग गरेका छन् । चार राजनीतिक पार्टीले संयुक्तरूपमा अपिल जारी गर्दै सरकारी, सार्वजनिक र व्यक्तिगत संरचना र व्यवसायहरूमाथि तोडफोड, लुटपाट र आगजनी गर्नेलाई कारबाहीको माग गरेको हुन् । यस्तै आन्दोलनको क्रममा उठेका सकारात्मक र जायज मागहरूप्रति समर्थन गर्दै अविलम्ब सम्बो...
कविता : जेनजी समूहको लिडर कता हराए ?

कविता : जेनजी समूहको लिडर कता हराए ?

  जलेर खरानी बनेको खोक्रो घरलाई सिङ्गारेर चम्किलो र भरिलो बनाउन साहस जुटाएकी माता सफलतको कामना नयाँ नेपालकी नयाँ माता, सफल कार्यकालको शुभकामना तर माता ! एक पटक गहिरिएर सोच्नुहोस् त नेपाल र नेपालीले चाहेको, परिवर्तनको स्वरुप यहि हो त ? उपलब्धि र सत्ता हत्याउने प्रक्रिया यहि हो त ? साच्चै ! जेन जी समूहको लिडर कता हराए ? के हो जेन जी ? को हुन जेन जी ? परिवर्तनको स्वरुप खै ? के...
लुटपाट र आगजनीका कारण रोकियो मोरङ प्रशासनको सेवा

लुटपाट र आगजनीका कारण रोकियो मोरङ प्रशासनको सेवा

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रवाह हुने सेवाग्राही लक्षित सेवाहरू अनिश्चित कालका लागि बन्द भएका छन् । भदौ २४ गते भएको जेनजी आन्दोलनमा तोडफोड, लुटपाट तथा आगजनीका कारण कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएपछि कार्यालयबाट प्रवाह हुने सेवाहरू बन्द भएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले आज एक सूचना जारी गर्दै कार्यालयको अभिलेख र कागजातहरू जलेर नष्ट भएका कारण अर्को सूचना ...
मोरङ अदालतमा तत्काल नियमित सेवा सञ्चालन नहुने

मोरङ अदालतमा तत्काल नियमित सेवा सञ्चालन नहुने

विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले गरेको आगजनी, तोडफोड र लुटपाटका कारण मोरङ जिल्ला अदालतमा तत्काल नियमित सेवा सञ्चालन नहुने भएको छ । अदालतले सूचना जारी गर्दै भौतिक संरचना र सेवा प्रवाहसँग सम्बन्धित सम्पूर्ण सामानहरू नष्ट भएका कारण असोज २० गतेसम्म अधिकांश सेवाहरू बन्द रहने बताएको छ । बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाइ, सरकारवादी फौजदारी मुद्दाको अनुसन्धानका लागि म्याद थप, पक्राउ ...
मोरङका सरकारी कार्यालयका प्रमुखहरूको आकस्मिक बैठक, चाँडो सेवा प्रवाहको तयारी

मोरङका सरकारी कार्यालयका प्रमुखहरूको आकस्मिक बैठक, चाँडो सेवा प्रवाहको तयारी

विराटनगर । मोरङका सरकारी कार्यालयका प्रमुखहरूको आकस्मिक बैठक बसेको छ । आज मोरङ उद्योग व्यापार संघको सभाहलमा भएको आकस्मिक बैठकमा विभिन्न निर्णयहरू भएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जेनजीको आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडबाट भएको क्षतिको विवरण मुचुल्का तयार गर्ने लगायतका निर्णय भएका छन् । यस्तै क्षति भएका सामग्रीको रकम यकिन गर्ने, सकभर छिटो सेवा प्रवाहको व्यवस...
लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

विराटनगर । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको घोषणा गरेको छ । एक सूचना जारी गर्दै विभागले भदौ २३ र २४ गते भएको विरोध प्रदर्शनको क्रममा संरचनामा भएको तोडफोड, आगजनी र लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेको उल्लेख छ । सोहीकारण विद्युतीय सवारी साधन दर्ता प्रणालीसहित सूचना प्रविधिसम्बन्धी सम्पूर्ण ...
सुमनाले परित्याग गरिन् रास्वपा

सुमनाले परित्याग गरिन् रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले पार्टी छाडेकी छिन् । पूर्वशिक्षामन्त्री समेत रहेकी श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी हुन् । ‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडेँ’, उनले भनेकी छन् ।
जेनजी प्रदर्शनमा मृत्यु भएकालाई सहिद घोषणा गरिने, परिवारलाई १० लाख राहत

जेनजी प्रदर्शनमा मृत्यु भएकालाई सहिद घोषणा गरिने, परिवारलाई १० लाख राहत

विराटनगर । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने भएको छ । यस्तै मृत्यु भएकाहरूको परिवारलाई १०/१० लाख दिने निर्णय भएको छ । पदभार ग्रहण गरेसँगै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् । यस्तै प्रदर्शन क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गरिने पनि जानकारी दिइएको छ । प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ । त्यसमध्ये ५९...
प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी छन् । कार्कीले मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी हुन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए । आजै सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी पनि कार्कीले गरेकी छन् ।
विराटनगरमा तरकारी बोकेको गाडीबाट बरामद भयो २६२ किलो गाँजा, तीन जना पक्राउ

विराटनगरमा तरकारी बोकेको गाडीबाट बरामद भयो २६२ किलो गाँजा, तीन जना पक्राउ

विराटनगर । विराटनगरबाट ठूलो परिमाण गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी-५ की २० वर्षीया सन्जु तामाङ, २२ वर्षीय निखिल घिमिरे र विराटनगर-१८ का श्यामकुमार यादव छन् । विराटनगर-१५ बाट शनिबार राति करिब ११ः३० बजे बन्दाकोपी लोड भएको मे १ च ५८२६ नम्बरको बोलेरो गाडीबाट २ सय ६२ किलो ५ सय ८० ग्राम गाँजा बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ । मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिल...
आजदेखि सुकिला नोट सटही सुरु, यी स्थानमा साट्न सकिन्छ

आजदेखि सुकिला नोट सटही सुरु, यी स्थानमा साट्न सकिन्छ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दशैँका लागि आजबाट सुकिला नोट सटही सुरु गरेको छ । राष्ट्र बैङ्कका अनुसार असोज १० गतेसम्म सुकिला नोट साट्न सकिन्छ । जेनजीको प्रदर्शन र उत्पन्न विषम अवस्थाले केही समस्या भए पनि राष्ट्र बैङ्क तथा अन्य बैङ्क तथा वित्तिय संस्थामा धेरै भौतिक क्षति नभएकाले यसअघिको निर्णय अनुसार नै नोट सटही गर्न सक्ने अवस्था रहेको राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कको थापाथलीमा रहे...
धनकुटाको सहिदभूमिमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटाको सहिदभूमिमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ स्थित पञ्चकन्यामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । दुर्घटनामा सहिदभूमि गाउँपालिका-२ का १८ वर्षीय खगेन्द्र परियारको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार चालक सोही ठाउँका २३ वर्षीय सचिन परियार घाइते भएका छन् । शनिबार बिहान को २ त ८६९९ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर सडकबाट करिब ८० मिटर तल खसेको धनकुटा प्र...
error: Content is protected !!