संगालोखबर


विराटनगर । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । उनीहरूलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउने छन् । केसीले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेका छन् ।

सङ्घीय संसद् सचिवालयका अनुसार शपथका लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको छ । आज दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा शपथग्रहण हुने छ ।

Advertisement

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ले सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्‍तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था गरेको छ  ।

नवनिर्वाचित सांसदमध्ये ५४ जनाले मातृभाषामा शपथ लिने सचिवालयले जानकारी गराएको छ  । नेपालीबाहेक मैथिली, भोजपुरी, नेपाल भाषा, बज्जिका, रानाथारू, थारूलगायतका भाषामा शपथ लिने नवनिर्वाचित सदस्यले सचिवालयलाई जानकारी गराएका छन्  ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!