संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँ घटेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार छ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

मंगलबार सुन प्रतितोला दुई लाख ७३ हजार नौ सय, सोमबार दुई लाख ७५ हजार पाँच सय र आइतबार दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला चार हजार नौ सय २० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी प्रतितोला चार हजार पाँच सय पाँच, सोमबार चार हजार चार सय २५ र आइतबार चार हजार पाँच सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!