
विराटनगर । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
राष्ट्रपति पौडेलले शाहलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधि सभाका सदस्य शाह प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् । रास्वपाका वरिष्ठ नेता शाह झापा-५ बाट नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै निर्वाचित भएका थिए ।
बालेन्द्र नेपालको ४३ औं प्रधानमन्त्री बनेका छन् । उनले आजै १५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्दैछन् । मन्त्रीहरूलाई पनि आजै सपथ ग्रहण गराउने तयारी छ ।

संगालोखबर 



















