संगालोखबर

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटामा स्वास्थ्य सहायता कक्षा स्थापना गरिएको छ । प्रशासन कार्यालयको समन्वय साथै धनकुटा नगरपालिका र स्वास्थ्य कार्यालयको व्यवस्थापनमा स्वास्थ्य सहायत कक्ष स्थापना गरिएको हो ।

Advertisement

प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आउने वृद्धवृद्धा लगायत अन्य सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

कार्यालयमा आउने कोही सेवाग्राहीलाई स्वास्थ्य समस्या देखिएमा परीक्षण गरिने जनाइएको छ । कक्षमा एकजना स्वास्थ्यकर्मी रहने छन् । सामान्यतया टाउको दुखाई, पेट दुखाई जस्ता समस्याका लागि निःशुल्क औषधि पनि दिइने भएको छ ।

त्यस्तै, मधुमेह र रक्तचाप पनि परीक्षण गरिने जनाइएको छ । कार्यालयमा जेष्ठ नागरिकहरु बढी आउने भएकाले सामान्य स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य सहायता कक्ष स्थापना गरीएको प्रमुख जिल्ला अधिकारी प्रमुख पौडेलले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!