संगालोखबर


सुनसरी । केही दिनयता निरन्तर बढिरहेको सप्तकोशी नदीमा पानीको बहाव घट्न थालेको छ । आज साँझ गरिएको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव ३ लाख ७६ हजार ३३५ क्युसेक रहेको जनाइएको छ ।

नियन्त्रण कक्षका अनुसार दिउँसो ३ बजे बहाव ३ लाख ९३ हजार ७१५ क्युसेक पुगेको थियो । त्यसअघि १ बजे ३ लाख ८६ हजार ७३५ क्युसेक पुगेको थियो । ब्यारेजको क्षमता ९ लाक क्यूसेक भएपनि बालुवा थुप्रिएको कारण ४ लाख क्युसेक भन्दा बढी पानीको बहाव भए जोखिमपूर्ण मानिने गरेको छ ।

Advertisement

आज बिहान ९ बजेको मापनअनुसार ३ लाख ६८ हजार क्युसेक पानी रहेको थियो भने त्यसको दुई घण्टापछि बढेर ३ लाख ७५ हजार ९३० पुगेको थियो । पानीको बहाव बढेसँगै ब्यारेजका ५६ वटै ढोका खोलिएका थिए ।

साँझदेखि भने घट्न थालेको सुनसरी प्रशासनले जनाएको छ । बहाव घट्न थाले पनि नदी तटीय क्षेत्रका बासिन्दालाई अझै सावधानी अपनाउन आग्रह गरिएको छ । पानी घट्दै जाँदा नदी आसपास कटान हुने गरेको छ ।

कोशी नदीमा जलसतह उच्च, ५६ वटै ढोका खोलेर पानीलाई निकास

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!