संगालोखबर

विराटनगर । कोशी प्रदेशको लोक सेवा आयोग अध्यक्षमा पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईंलाई नियुक्त गर्न सिफारिस गरिएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले आयोग अधयक्षका लागि उनको सिफारिस गरेको हो ।

Advertisement

अध्यक्षमा गुरागाईंलाई नियुक्त गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो । लामो समय निजामती सेवामा काम गरेका गुरागाईंसँग यसअघि पनि लोक सेवा आयोगमा काम गरेको अनुभव छ ।

उनले दुई वर्षअघि सेवाबाट अवकाश लिएका थिए । पहिले तेह्रथुमको म्याङ्लुङमा बसोबास भएको उनको परिवार मोरङको मंगलबारेमा बसोबास गर्छ । सिफारिस समितिमा मुख्यमन्त्री, प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता रहने कानुनी ब्यवस्था छ । प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार आयोगको अध्यक्ष समायावधि ६ बर्षको हुन्छ । यस अघिका अध्यक्ष उत्तम भट्टराईले उमेर हदका कारण अवकाश लिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!