संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढीमा पहिरो खस्दा आज बिहानैदेखि यातायात सेवा अवरुद्ध बनेको छ । हिजोदेखि निरन्तर भइरहेको वर्षाका कारण पहिरो खसेर सडकमा थुप्रिएपछि यातायात अवरुद्ध बनेको हो ।

Advertisement

साँगुरीगढी गाउँपालिकास्थित कुइभीर र ओढारे भीरमा गएराति पहिरो खसेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । पहिरोका कारण भेडेटार–राजारानी सडक खण्ड अवरुद्ध भएपछि बिहानैदेखि दर्जनौं सवारी साधन बीच बाटोमै रोकिएका छन् । चौबिसे गाउँपालिकाका विभिन्न स्थान तथा धनकुटा र तराई क्षेत्रमा जाने सवारी साधनहरु अलपत्र परेका हुन् ।

विभिन्न गन्तव्यका लागि हिँडेका सयौं यात्रुहरु अलपत्र परेका छन् । बेलैमा गन्तव्य पुग्न नपाएका उनीहरु कतिबेला पहिरो सफा गरी यातायात सञ्चालन हुन्छ भनेर प्रतीक्षामा छन् ।

बिहानैदेखि बसमा आएका यात्रुहरुलाई लामो समय बीच बाटोमा बस्नुपर्दा कठिनाइ भइरहेको छ । हाल ठूलो उपकरण प्रयोग गरी कुइभीर क्षेत्रको पहिरो पन्साउने काम भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!