कोशीका मुख्यमन्त्री कार्कीले दोस्रो पटक विश्वासको मत लिँदै
विराटनगर । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्कीले दोस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले असोज २ गते बुधबार विश्वासको मत लिन लागेका हुन् ।
नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादीले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो ।
सत्ता गठबन्धन परिवर्तन भएसँगै गत साउन ११ गते सरकार...































