डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालद्वारा लक्ष्यभन्दा बढी सेवा प्रवाह
धनकुटा । धनकुटा नगरपालिका-६ स्थित सल्लेरीमा रहेको डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालले लक्ष्यभन्दा बढी सेवा प्रवाह गरेको छ । १४ औं साधारण सभाका क्रममा आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्य भन्दा बढी सेवा प्रदान गरेको अस्पतालले जनाएको हो ।
अस्पतालले आर्थिक वर्ष २०८०/०८१ मा १९ हजार ४६ जनालाई सेवा प्रदान गरेको जनाएको छ । १७ हजारलाई सेवा दिने लक्ष्य राखेको भएपनि थप एक हजार छ सय १६ जनालाई सेवा प्रवाह गरिएक...































