प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकविरुद्ध कोशीका पत्रकारको सांकेतिक विरोध
विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको आम सञ्चार विधेयकको पत्रकारहरूले सांकेतिक विरोध गरेका छन् । आज नेपाल प्रेस युनियन कोशी प्रदेश कार्यसमितिको आयोजनामा उल्टो हिँडेर विरोध गरिएको हो ।
प्रदेश सभा छेउमा भेला भएका पत्रकारहरू कालो पट्टी बाँधेर हाटखोलासम्म उल्टो हिँडेका हुन् । प्रेस युनियन कोशीका अध्यक्ष मीनकुमार श्रेष्ठले प्रदेश सरकारले ल्याएको विधेयकमाथि पटक-पटक सुझाव दिएको भएपनि त्यसलाई बेवास्ता...































