पाँच दशक बसेको ठाउँबाट हटाइएपछि सुनवर्षीका लक्ष्मी पासवानको परिवार बिचल्लीमा
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-५ टकुवा स्थित बङ्गाली टोलका लक्ष्मी पासवानको परिवार यतिबेला बिचल्लीमा छ । गत मंसिर १२ गते पाँच दशकअघि लक्ष्मीका बुबाले बनाएको घर अदालतको आदेशपछि भत्कियो । त्यही छेउमा उनीहरूले सामान्य घेराबेरा गरेर रात कटाउने टहरो बनाए ।
तर, उक्त टहरो पनि चैत १३ गते बिहीबार भत्काइएको छ । जसले आफ्नो परिवार बिचल्लीमा परेको लक्ष्मीले बताए । अहिले छिमेकीको घरमा पालैपालो शरण लिन ...































