धनकुटामा पिकअप दुर्घटना

धनकुटामा पिकअप दुर्घटना

धनकुटा । धनकुटाको जिरोप्वाइन्ट नजिक पिकअप गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । धनकुटाबाट छिन्ताङतर्फ जाँदै गरेको को १ ज २०६५ नम्बरको पिकअप आज अपरान्ह करिब ४ बजे दुर्घटना भएको हो । दुर्घटनामा पिकअप चालक सहिदभूमि-७ का ३४ वर्षीय दिपेन्द्र राई, उनकी श्रीमती २३ वर्षीया टबिना राई र धनकुटा-६ सरस्वती चोककी ३२ वर्षीया इसु राई घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर उपचारका लागि धनकुटा जिल्ला अस...
नेपाल फर्मास्युटिकल एशोसिएसन कोशीले मनायो विश्व फर्मासिस्ट दिवस

नेपाल फर्मास्युटिकल एशोसिएसन कोशीले मनायो विश्व फर्मासिस्ट दिवस

विराटनगर । नेपाल फर्मास्युटिकल एशोसिएसन कोशी प्रदेशले विश्व फर्मासिस्ट दिवस मनाएको छ । विराटनगरमा प्रभातफेरी, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गर्दै एशोसिएसनले दिवस मनाएको हो । एशोसिएसन कोशी प्रदेश अध्यक्ष शम्भु शाहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री  लिलावल्लभ अधिकारी थिए । मन्त्री अधिकारीले औषधीसम्बन्धी जनगुनासाहरू व्यापक आउने गरेको बताए । उनले यस क...
धनकुटामा अकबरे खोर्सानीको बोट मर्न थालेपछी कृषक चिन्तित

धनकुटामा अकबरे खोर्सानीको बोट मर्न थालेपछी कृषक चिन्तित

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-७ राम्चेका तारा कुमार कार्कीले अकबरे खोर्सानीबाट राम्रो आम्दानी गर्न थालेका थिए । करिब एक हजार पाँच सय बिरुवा लगाएका उनले हप्तामा ७० किलोसम्म खोर्सानी बिक्री गर्थे । तर सबै बोट बारीमा नै मरेपछि उनलाई चिन्ता थपिएको छ । डाँठ कुहिने, कालो हुने र बोटै मर्ने गरेको उनले सुनाए । उनले भने, ‘पहिला सामान्य समस्या देखिएको थियो । अहिले सबै बोट मरेर सखाप भए । आम्दानीको ...
सर्लाहीमा गोली हानेर पत्नीको हत्या

सर्लाहीमा गोली हानेर पत्नीको हत्या

सर्लाही । सर्लाहीमा एक युवाले गोली प्रहार गरि पत्नीको हत्या गरेका छन् । गएराति हरिपुर्वा नगरपालिका-५ का ३० वर्षीय धिरेन्द्र रायले २५ वर्षीया पत्नी चित्रलेखालाई गोली हानेका थिए । गोली लागेर चित्रलेखाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली प्रहारबाट बुबा ५३ वर्षीय दिनेश राय घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहार पश्चात फरार भए...
मोरङको ग्रामथानमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङको ग्रामथानमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ मा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । आज दिउँसो करेन्ट लागेर ५० वर्षीय जगदीश सरदारको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा सरदारलाई करेन्ट लागेको थियो । मृतक सरदारको शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा ल्याइएको छ । घटनाका सम्बन्धमा...
१६ सय किलो गाँजा समाउने खापुङ बने कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी 

१६ सय किलो गाँजा समाउने खापुङ बने कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी 

विराटनगर । प्रहरी जवान टिकाराज खापुङ भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय मूल्यमान्यता पालना गरी उच्च मनोबलका साथ कर्तव्य निर्वाह गरेको भन्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुहमा कार्यरत खापुङले भदौ ६ गते सुनसरीको धरान उपमहानगरपालिका बाट ठूलो परिणाममा गाँजा नियन्त्रणमा लिएका थिए । धनकुटाबा...
यातायात कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ 

यातायात कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ 

विराटनगर । यातायात कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ परेका छन् । सेवाग्राहीहरूलाई दुःख दिएको गुनासो आएपछि अनुगमनमा पुगेको जिल्ला प्रशासन कार्यालय सुनसरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ परेका व्यक्तिहरूको बारेमा थप खुल्न बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता बेद राज फुयलले संगालोखबरलाई जानकारी दिए । को–को पक्राउ परे भन्ने खुल्न बाँकी रहेको र उनीहरूला...
विराटनगरको साइकल सोरुममा आगलागी (भिडियोसहित)

विराटनगरको साइकल सोरुममा आगलागी (भिडियोसहित)

विराटनगर । विराटनगर महानगरपालिका–२ मुनालपथस्थित भाव्या इन्टरनेशनल सोरुममा आज दिउँसो आगलागी भएको छ । इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गरिदै आएको सोरुममा आगो लागेको हो । दिउँसो करिब २ः३० बजेबाट आगलागी सुरु भएको थियो । दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले करिब एक घण्टा लगाएर आगो नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ब्याट्रीहरू पड्किएकाले आ...
झापा र उदयपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

झापा र उदयपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

विराटनगर । झापा र उदयपुरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । हिजो साँझ लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका-६ बाट एक जनालाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा झापा गाउँपालिका-५ का ४२ वर्षीय तेहेरुदिन शेखलालई २८ ग्राम ३५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । यसैगरी उदयपुरको कटारी नगरपालिका-७ बाट जिल्ला प्रहरी कार्याल...
एमाले धनकुटा नगर संगठन कमिटी अध्यक्षमा अर्जुन छाराहाङ

एमाले धनकुटा नगर संगठन कमिटी अध्यक्षमा अर्जुन छाराहाङ

धनकुटा । नेकपा एमाले धनकुटा नगर सङ्गठन कमिटी अध्यक्षमा अर्जुन छाराहाङ चयन भएका छन् । सामुदायिक भवनमा मङ्गलबार आयोजित कार्यक्रममा सङ्गठन कमिटी निर्माण गरिएको हो । कमिटीको उपाध्यक्षमा चन्द्रकृष्ण ठकुरी, सचिवमा लक्ष्मण घिमिरे, उप-सचिवमा मानबहादुर राई र दुर्गा बस्नेत ढकाल चयन भएका छन् । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले सङ्गठन कमिटी घोषणा गरे । उनीहरूलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा...
झापामा चट्याङ लागेर एक जनाको मृत्यु

झापामा चट्याङ लागेर एक जनाको मृत्यु

झापा । चट्याङ लागेर झापामा गएराती एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका-४ का ३६ वर्षीय कुमार मोते छन् । राती करिब १० बजे कुमारलाई चट्याङ लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजोदेखि झापासहित विभिन्न जिल्लामा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।
संखुवासभामा कोदोबारीभित्र भेटियो बम

संखुवासभामा कोदोबारीभित्र भेटियो बम

संखुवासभा । संखुवासभाको मादी नगरपालिका-६ शिरीसेमा बम फेला परेको छ । स्थानीय भवानीप्रसाद दाहालको कोदोवारीमा ‘ह्यान्ड ग्रिनेड’ फेला परेको हो । मादी–पिलुवा सडकबाट करिब २० मिटर टाढा रहेको सो स्थानमा आज बिहान शङ्कास्पद बस्तु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले सो क्षेत्रलाई घेरेर राखी नेपाली सेनाको टोलीलाई खबर गरेको थियो । खाँदबारीबाट गएको नेपाली सेनाको टो...
उदयपुर बस दुर्घटना अपडेट : २९ जना घाइतेलाई उद्धार गरेर अस्पताल पठाइयो

उदयपुर बस दुर्घटना अपडेट : २९ जना घाइतेलाई उद्धार गरेर अस्पताल पठाइयो

विराटनगर । उदयपुरको बेलकामा मलामी बोकेर फर्किदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बेलकाका प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिए । घाइतेमध्ये १२ जनालाई घोपा पठाइएको र अन्य १७ जनाको स्थानिय नगर अस्पतालमा उपचार भइरहेको उनले संगालोखबरलाई जानकारी दिए । उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको उदासले बताए । आज दिउँसो प्रदेश ...
झापामा करेन्ट लागेर एक जनाको मृत्यु 

झापामा करेन्ट लागेर एक जनाको मृत्यु 

झापा । झापाको दमक-८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा इलामको माई नगरपालिका-५ का २६ वर्षीय कमल बुर्जामगरको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि बीएण्डसी अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ । उनी दमकमा डेरा गरेर बस्दै आएका थिए । सिटी चार्ज गर्ने क्रममा विद्युत सर्ट भएर करेन्ट लागेको हुनसक्ने प्रहर...
उदयपुरको बेलकामा मलामी बोकेको बस दुर्घटना 

उदयपुरको बेलकामा मलामी बोकेको बस दुर्घटना 

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ सेतिखोलामा मलामी लिएर फर्कँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ । आज केहीबेर अघि प्रदेश १-०२-००१ ख ८२५३ को नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । बेलका नगरपालिका-५ घुम्नेबाट मलामी लिएर फर्किदै गरेको बस दुर्घटनामा परेको हो ।  दुर्घटनामा परेर घाइते भएकाहरूलाई उपचारका लागि बेलका नगर अस्पताल र धरान स्थित बीपी कोइराला स...
स्वास्थ्य मन्त्रालयका तीन कर्मचारीको सरुवा 

स्वास्थ्य मन्त्रालयका तीन कर्मचारीको सरुवा 

विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका कर्मचारीको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १० औँ र ११ औँ तहका कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको हो । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका ११ औँ तहका निर्देशक डाक्टर वीरेन्द्रकुमार मण्डललाई जिल्ला अस्पताल उदयपुर सरुवा गरिएको छ । त्यस्तै १० औँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर ज्ञानबहादुर बस्नेत प्रदेश...
जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन हुँदै

जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन हुँदै

विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशले ‘मुख्यमन्त्रीसँग जनता’ कार्यक्रमको नाम परिवर्तन गरेको छ । सोही कार्यक्रमलाई यसवर्षबाट ‘जनतासँग कोशी प्रदेश सरकार’ नामबाट सञ्चालन गर्ने भएको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि पास गरेको छ । कोशी प्रदेशका रेडियो तथा टेलिभिजनबाट कार्यक्रम प्रसारण गर्ने गरी कार्यविधि बनाइएको जन...
इलाममा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, झुण्डिएको अवस्थामा भेटिए पति

इलाममा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, झुण्डिएको अवस्थामा भेटिए पति

इलाम । इलाममा धारिलो हतियार प्रहार गरेर पत्नीको हत्या पछि पतिले पनि झुन्डिएर आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका-१ भित्तेमा ४६ वर्षीय उजबहादुर राईले ४० वर्षीया फूलकुमारीको हत्या गरेका हुन् ।  ‘पत्निको घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा शव फेला परेको छ’, जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईले संगालोखबरसँग भने, ‘पतिको पनि झुण्डिएको अवस्थामा शव फेला परेको छ ।’ ...
झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु 

झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु 

झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट बिर्तामोड-६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको हो । हिजो राति पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका-६ कुमारी चोकमा प्रदेश १-०१-०१३ प २८०९ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले ज...
विराटनगरमा एक युवती मृत फेला

विराटनगरमा एक युवती मृत फेला

विराटनगर । विराटनगर-१६ स्थित हुलास चोकमा एक युवती मृत फेला परेकी छन् । आज दिउँसो युवती मृत फेला परेकी हुन् । मृतक युवतीको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । मृतक युवतीको साथमा लागूऔषध फेला परेको बस्नेतले बताए । युवतीको भित्री बस्त्रभित्र एभिल, डाइजापाम र नोरजेसिक २२ एम्पुल फेला परेको हो । मृतक युवतीलाई पोष्टमार्टमका लागि कोशी अस्पताल ल्याइएक...
धनकुटामा डेढ सय कुकुरको बन्ध्याकरण

धनकुटामा डेढ सय कुकुरको बन्ध्याकरण

धनकुटा । धनकुटामा करिब डेढ सय कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पाँच दिनसम्म शिविर सञ्चालन गरेर १ सय ४१ वटा कुकुर र दुई वटा बिरालोको बन्ध्याकरण गरेको हो । रेबिज रोग नियन्त्रणका लागि ८६ वटा भाले र ५४ वटा पोथी कुकुरको बन्ध्याकरण गरिएको छ । बजारमा वेवारिसे अवस्थामा रहेका तथा घरपालुवा कुकुर बिरालोको बन्ध्याकरण गरिएको पशु विज्ञ केन्द्रकी प्रमुख हिमाकुमारी ग...
सरकारले बहिराको हकहितका लागि काम नगरेको गुनासो 

सरकारले बहिराको हकहितका लागि काम नगरेको गुनासो 

धनकुटा । सरकारले बहिरा (सुनाइसम्बन्धि अपाङ्गता) भएका व्यक्तिहरूका लागि आवश्यक पर्ने सेवा सुविधा तथा कुनै भरपर्दो कार्यक्रम नल्याएको सरोकारवालाले बताएका छन् ।  ७ औं साङ्केतिक भाषाहरूको अन्तराष्ट्रिय दिवसका अवसरमा आज धनकुटामा बहिरा संघले आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । सरकारले बहिरा व्यक्तिहरूका लागि सीपमुलक कार्यक्रम ल्याउनु पर्नेमा उनीहरूले जोड दिए । ‘सरकारले हाम्रा लागि ...
धनकुटामा अटो दुर्घटना, पाँच जना घाइते

धनकुटामा अटो दुर्घटना, पाँच जना घाइते

धनकुटा । धनकुटामा आज बिहान भएको अटो दुर्घटनामा पाँच जना घाइते भएका छन् । बेलहाराबाट धनकुटा बजारतर्फ आउँदै गरेको प्रदेश १-०२-००३ ह ३५०० नम्बरको अटो अनियन्त्रित भएर बिहान ११ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा धनकुटा नगरपालिका-९ बेलहारा की ३६ वर्षीय रेश्मा तामाङ, ३० वर्षीय अन्जना तामाङ, ३१ वर्षीय दीपक तामाङ घाइते भएका छन् । यसैगरी सोही स्थानका २६ वर्षीय प्रविण नेपाली र दीपक तामाङको ११ वर्षीय छो...
विराटनगरको सिङ्घिया खोलामा पुरुषको शव भेटियो, पहिचान खुल्न बाँकी 

विराटनगरको सिङ्घिया खोलामा पुरुषको शव भेटियो, पहिचान खुल्न बाँकी 

विराटनगर । विराटनगर-१४ स्थित सिङ्घिया खोलामा शव भेटिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आज बिहान खोलामा तैरिएको अवस्थामा एक पुरुषको शव भेटिएको हो । ‘शव हेर्दा तीनचार दिन अगाडिको जस्तो छ । अहिलेसम्म पहिचान खुलेको छैन’, डीएसपी बस्नेतले संगालोखबरसँग भने, ‘मृत व्यक्ति विराटनगर-११ का हुन भन्ने कुरा आएको छ । अनुसन्धानपछि सबै कुरा खुल्छ ।’ बस्नेतले शव सडिसकेकाले के...
हिरासतबाट भागेका चार थुनुवा पक्राउ, पाँच जना अझै फरार 

हिरासतबाट भागेका चार थुनुवा पक्राउ, पाँच जना अझै फरार 

विराटनगर । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका चार थुनुवा पक्राउ परेका छन् । अन्य पाँच जनाको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आज बिहानको राति हिरासतको भेन्टिलेसन फोडेर नौ जना थुनुवा फरार भएकामा एक जनालाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो । सत्यम झा, रोशन कुमार मण्डल, अभास्कर कुमार यादव र बिक्की कार्की पक्राउ परेका हुन् । उनीहरू लागूऔषध र अभद्र व्यवहार ...
पाथीभरा मन्दिर आउने भक्तजनको सुविधाका लागि तयारी थालियो

पाथीभरा मन्दिर आउने भक्तजनको सुविधाका लागि तयारी थालियो

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा चाडपर्वको समयमा भक्तजनको सङ्ख्या बढ्ने अपेक्षाका साथ आवश्यक तयारी थालिएको छ । भक्तजनहरूको सुविधाका लागि पाथीभरा क्षेत्र विकास समितिले खानेपानी, आवासलगायतको सेवासुविधालाई मध्यनजर गर्दै तयारी थालेको हो । भदौमा नौ हजार बढी भक्तजनले पाथीभरा मन्दिरको दर्शन गरेका समितिले जनाएको छ । साउनमा एक हजार बढी भक्तजनले दर्शन गरेकामा भदौमा भक्तजनको सङ्ख...
धनकुटाको लेगुवामा अटो दुर्घटना

धनकुटाको लेगुवामा अटो दुर्घटना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवामा अटो दुर्घटना हुँदा एक जना घाइते भएका छन् । दुर्घटनामा महालक्ष्मी नगरपालिका-७ की ४२ वर्षीय मन कुमारी तामाङ सामान्य घाइते भएकी हुन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हिजो भोजपुरबाट लेगुवातर्फ आउँदै गरेको अटो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । अटो चालक महालक्ष्मी-४ का ३५ वर्षीय तेज बहादुर बिक प्रहरी चौकी लेगुवाको नियन्त...
सफा नहरको कल्पना : फोहोर नफाल्न आग्रह गर्दै निरन्तर सरसफाइ

सफा नहरको कल्पना : फोहोर नफाल्न आग्रह गर्दै निरन्तर सरसफाइ

विराटनगर । छठ पर्वमा बेहुली झैँ सिँगारिने नहर क्षेत्र अन्य समयमा भने ‘डम्पिङ साइट’ मा परिणत हुन्छ । नहरको सजावट गर्ने स्थानीय नै केही दिनमा नहरलाई डम्पिङ साइट बनाउँछन् । विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनमा प्रभावकारी काम गर्न सकेको छैन । नगरवासीले पनि जथाभावी फोहोर फ्याँक्ने परम्पराको अन्त्य गर्न सकेका छैनन् । जसका कारण विराटनगर क्षेत्रको नहर कुरूप देखिन्छ । हुन त विराटनगरको सडक, नाला जह...
झापा र सुनसरीबाट लागूऔषधसहित नौ जना पक्राउ

झापा र सुनसरीबाट लागूऔषधसहित नौ जना पक्राउ

विराटनगर । झापा र सुनसरीबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पाँच जनालाई पक्राउ गरेको हो । इलाम सूर्योदय नगरपालिका-६ का २८ वर्षीय अनिल प्रधान २ ग्राम ब्राउन सुगर, भद्रपुर नगरापालिका-९ का ३१ वर्षीय सरेन किश्कु, मेचिनगर-१४ का २९ वर्षीय रबिन ढोली, कमल गाउँपालिका-२ का २४ वर्षीय साहिल दर्नाल, भद्रपुर-९...
मोरङको पथरीमा ससुराको हत्या गरेर फरार भएका ज्वाइँ धनकुटाबाट पक्राउ 

मोरङको पथरीमा ससुराको हत्या गरेर फरार भएका ज्वाइँ धनकुटाबाट पक्राउ 

विराटनगर । ससुराको हत्या गरेर फरार भएका ज्वाइँ पक्राउ परेका छन् । पथरीशनिश्चरे नगरपालिका-७ का ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरि फरार भएका २७ वर्षीय रविन राई पक्राउ परेका हुन् ।  उनलाई धनकुटाको मुलघाटबाट आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहन विक्रम दाहालले जानकारी दिए ।  ससुरा चन्द्रबहादुर र ज्वाइँ रविन हत्याको अघिल्लो दिनसम्म एउटै घरमा खाना खाएर बसेको प...
धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-६ धाराचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते चौबिसे गाउँपालिका-६ का ३८ वर्षीय बल बहादुर चेम्जोङको मृत्यु भएको हो । हिजो साँझ रवी राँके भेडेटार सडक खण्ड अन्तरगत राजारानीबाट धाराचोक जाँदै गरेको प्र १-०२०-४४ प ८४५० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आँउदै गरेको को ३१ प ३१९६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्...
error: Content is protected !!