विराटनगरमा छैनन् घुमफिर गर्ने स्थल, समय व्यतीत गर्न अन्यत्र जानुपर्ने बाध्यता
विराटनगर । विराटनगर कोशी प्रदेशको राजधानी मात्र नभएर प्रदेशकै एक मात्र महानगरपालिका हो । जसका कारण लाग्न सक्छ, विराटनगर सम्पूर्ण पक्षमा पूर्ण छ । तर, सोचेभन्दा धेरै फरक छ ।
विराटनगरमा घुमफिरका लागि उपयुक्त स्थान छैनन् । फुर्सदको समयमा परिवार तथा साथीभाइसँग घुमफिर गर्ने योजना बनाउँदा पनि विराटनगरमा ठाउँ नहुँदा अन्यत्र जानुपर्ने बाध्यता छ ।
विराटनगरमा उपयुक्त घुमफिर गर्ने स्थान नहुँदा अन्यत्रै ज...





























