
विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कारपियो गाडीको ठक्करबाट ग्रामथान गाउँपालिका-५ का ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको हो ।
मोरङ प्रहरीका अनुसार आज विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको स्कोरपिओले बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकलाई ग्रामथान-५ ककडमाडीमा ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ का अन्दाजी ४० वर्षीय गम्भीरमान सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संगालोखबर 













