संगालोखबर


विराटनगर । विराटनगर-७ स्थित किरण बेकरीमा काम गर्ने महिला कर्मचारीलाई एक पुरुषले कुटपिट गरेका छन् । आज बिहान पानी माग्दै बेकरी पुगेका विराटनगर-७ का ३५ वर्षीय भास्कर बस्नेतले महिलालाई कुटेका हुन् ।

कुटपिटबाट मोरङको कटहरी गाउँपालिका-२ की २४ वर्षीया पवित्रा राजवंशी सामान्य घाइते भएकी छन् । । प्रहरीका अनुसार राजवंशीलाई उपचारका लागि कोशी अस्पताल लगिएको छ ।

Advertisement

सार्वजनिक भिडियोमा ती महिलाले उनलाई फ्रिजबाट पानी निकालेर दिएको देखिन्छ । त्यस लगत्तै पुरुषले महिलालाई कुटपिट गरेका हुन् । कुटपिट पछि बेकरीमा रहेका अन्य व्यक्तिले प्रहरीलाई खबर गरेका थिए ।

वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले बस्नेतलाई पक्राउ गरेको छ । उनले ती महिलालाई कुटपिट गर्नुको कारण खुलेको छैन । पक्राउ परेका बस्नेतलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!