
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१७ र २० को सिमाना स्थित चुम्पुले खोलाको जंगलबाट दुई सय ६८ किलो गाँजा बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गएराति करिब ११ः३० बजे गाँजा बरामद गरेको हो ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार प्रहरीलाई देख्नेबित्तिकै गाँजा बोकेर आउँदै गरेका १०/११ जना भरिया आफूले बोकेर आएको भारी छाडेर भागेका थिए ।
फरार रहेका उनीहरूको खोजी भइरहेको डीएसपी खतिवडाले जानकारी दिए । यसैगरी सुनसरीको इटहरी-१३ सोमबारेबाट २५ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका २४ वर्षीय आकाश पटेल र २७ वर्षीय रवि सरदार छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।

संगालोखबर 













