संगालोखबर


विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट माध्यमिक विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने मान्यताका साथ कार्यक्रम अघि सारेको छ ।

विद्यालयले अपनाएका पद्धति, शैक्षिक वातावरणको विषयमा अभिभावकलाई जानकारी गराउँदै घरायसी वातावरण पनि सोहि अनुसारको तयार गर्न एभरेष्टले अभिभावकहरूसँग आग्रह गरेको छ ।

Advertisement

विद्यालय तथा अभिभावकले गरेको लगानीलाई सार्थक तुल्याउन हरेक बालबालिकाको सर्वाङ्गीण विकास कतिको भयो भन्ने कुराले निर्धारण गर्ने भन्दै एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले समयसँगै शैक्षिक वातावरण पनि गतिशील रहेको बताए ।

शुक्रबार कक्षा ७ र ८ का विद्यार्थीका अभिभावकका लागि आयोजित ‘काउन्सिलिङ’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यालय स्थापनको ३२ वर्षीय यात्रामा एभरेष्टका विद्यार्थी विश्वसँग प्रतिष्पर्धा गर्न सक्ने उल्लेख गरे ।

विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले एभरेष्टले अपनाएको शिक्षण पद्धति, शैक्षिक वातावरण, काउन्सिलिङ विधि, विभिन्न संस्थाहरूसँगको सहकार्य, शैक्षिक गुणस्तरका लागि चालिएका कदम तथा सर्वाङ्गीण विकासका लागि गरिएका कार्यहरूको चर्चा गरे ।

उत्प्रेरक प्रितम पौडेलले घरमा अभिभावकले खेल्ने भूमिका कस्तो हुँदा बालबालिकामा सकारात्मक उर्जा मिल्छ र सफल व्यक्तित्व निर्माण हुन्छ भन्ने विषयमा जानकारी गराएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!