संगालोखबर


विराटनगर । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा प्रहरी कार्यालयहरू तोडफोड गर्ने, आगजनी गर्ने, हतियार लुट्ने लगायतका गतिविधिमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

बिहीबार र शुक्रबार पक्राउ परेका उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार पक्राउ परेकाहरूलाई अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाइने छ ।

Advertisement

पक्राउ परेकाहरू विराटनगर र जहदा गाउँपालिकाका रहेको जनाइएको छ । आन्दोलनका क्रममा प्रहरीको सीआरभी गाडी र जहदाको मझारेस्थित प्रहरी चौकीमा आगजनी भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!