विराट आँखा अस्पतालमा सामाजिक सुरक्षा कोष सेवा कक्ष
विराटनगर । विराटनगरको विराट आँखा अस्पतालमा सामाजिक सुरक्षा कोष सेवा कक्ष स्थापना गरिएको छ । अस्पतालभित्र स्थापना गरिएको सेवा कक्षको आज कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले उद्घाटन गरेका छन् ।
श्रमिक तथा निजी क्षेत्रका कामदारहरूलाई लक्षित गर्दै सामाजिक सुरक्षा कोष कक्ष स्थापना गरिएको अस्पतालले जनाएको छ । कार्यक्रममा बोल्दै सांसद पराजुलीले यसबाट श्रमिकहरूलाई ठूलो राहत मिल्ने बताए ।
उनले विराटनगर...





























