संगालोखबर


विराटनगर । कोशी प्रदेशमा लम्पी स्कीन रोगका कारण एक हजार बढी पशु चौपायाको मृत्यु भएको छ । प्रदेशका तीन लाख ९४ हजार पाँच सय ८५ चौपायामध्ये तीन लाख एक सय ५४ मा लम्पी स्कीनको संक्रमण देखिएको थियो ।

जसमध्ये एक हजार एक सय १६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका अनुसार समयमै खोप अभियान सञ्चालन गरेर रोगलाई नियन्त्रणमा लिन सफल भएको हो । लम्पी स्कीनविरुद्ध सुई लगाइएपछि रोगको फैलावट घटेको निर्देशनालयले जनाएको छ ।

Advertisement

सोलुखुम्बु बाहेक कोशीका सबै जिल्लामा लम्पी स्कीन फैलिएको थियो । तर पाँचथर र तेह्रथुममा कुनै चौपायाको मृत्यु नभएको निर्देशनालयले जनाएको छ ।

गाईभैँसीमा लाग्ने यो रोग लागेपछि जनावरको शरीरमा गिर्खा जस्तो फोका देखिनु, ज्वरो आउनु, घाउ फुट्नु, तौल घट्नु र शरीर कमजोर हुनेजस्ता लक्षण देखिने गर्छ ।

लम्पी स्किन रोगका कारण विशेषगरी अत्यधिक श्रममा खटिने गोरु, भर्खरै जन्मेका बाच्छाबाच्छी, पाडापाडी, गर्भवती र भर्खरै ब्याएका गाईभैँसी मर्ने गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!