
विराटनगर । मोरङको कटहरी गाउँपालिका-१ जमटोकी स्थित तरकारी बजारमा सारिएको कोशी प्रदेश सभा सचिवालय व्यवस्थापनको काम तीब्र पारिएको छ । बुधबारबाट फलफूल तथा कृषि थोक बजारमा प्रदेश सभा सचिवालय सारिएपछि व्यवस्थापनको काम तीब्र पारिएको हो ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण विराटनगरको देवकोटा चोकमा रहेको प्रदेश सभा नष्ट भएपछि कटहरी सारिएको हो ।

नयाँ कार्यस्थलमा सभामुख, उप-सभामुखसहित प्रमुख पदाधिकारीहरूको कार्यकक्ष तयार पारिएको छ भने अन्य व्यवस्थापनको काम भइरहेको छ । कार्यालय व्यवस्थापनको काम सकिएपछि मंसिर दोस्रो साताभित्र प्रदेशसभाको हिउँदे अधिवेशन सुरु गरिने बताइएको छ ।







तस्बिर : सुमन रेग्मी/संगालोखबर

संगालोखबर 













