विराटनगरको ब्रम्हपुराबाट दरैया सारियो डम्पिङ साइट, अस्थायी भएपनि व्यवस्थित हुने
विराटनगर । विराटनगर महानगरपालिका-६ ब्रम्हपुराबाट करिब दुई दशकपछि डम्पिङ साइट सारिएको छ । ब्रम्हपुराको अव्यवस्थित डम्पिङ साइटलाई व्यवस्थित बनाउने उद्देश्यसहित विराटनगर-१६ स्थित दरैयामा स्थानान्तरण गरिएको हो ।
दरैयामा रहेको जग्गा महानगरपालिकाको आफ्नै स्वामित्वमा छ । ११ बिघा क्षेत्रफलमध्ये तत्कालका लागि दुई बिघामा घेराबेरा गरेर अस्थायी डम्पिङ साइट बनाइएको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख पुनम दाह...































