मोरङको बुढीगंगामा बाँदर नियन्त्रण अभियान

मोरङको बुढीगंगामा बाँदर नियन्त्रण अभियान

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकमा उपभोक्ता समिति निर्माण गरेर बाँदर नियन्त्रण अभियान चलाइएको छ । गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट छुट्याइदिएपछि उपभोक्ता समिति बनाएर बाँदर नियन्त्रण अभियान थालिएको हो । समितिले भारतबाट बाँदर समाउन सिपालु मान्छे ल्याएर १ सय ५० भन्दा बढी बाँदर बन कार्यालयलाई बुझाइसकेको छ । गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराईका अनुसार केही महिना अघि समिति...
दमक अस्पतालमा आइसीयु निर्माण गर्न लायन्स क्लबले सहयोग गर्ने

दमक अस्पतालमा आइसीयु निर्माण गर्न लायन्स क्लबले सहयोग गर्ने

झापा । झापाको दमक अस्पतालमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ सीले सुविधा सम्पन्न आइसीयु निर्माण गर्न सहयोग गर्ने भएको छ । स्थानीय लायन्स क्लब र दमक नगरपालिकाको सहभागितामा ३२५ सीले आइसीयु निर्माणमा सहयोग गर्ने भएको हो । ३२५ सी का गभर्नर विकास अधिकारीका अनुसार लायन्स क्लब फाउन्डेसनले आइसीयु निर्माणका लागि बजेट छुट्याइसकेको छ । दमक अस्पतालमा आइसीयु अभाव हुँदा बिरामीहरूलाई धरान, विराटनगर...
ब्राउन सुगर र गाँजासहित तीन जना पक्राउ

ब्राउन सुगर र गाँजासहित तीन जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषध ब्राउन सुगर र गाँजासहित तीन जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा, मोरङ र उदयपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको मेचीनगर नगरपालिका-६ बाट एक जनालाई पक्राउ गरेको छ । पाँचथरको फिदिम नगरपालिका-१३ का ३० बर्षीय सनम राई २ ग्राम ३६ मिलिग्राम ब्...
धनकुटाको चौबिसेमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटाको चौबिसेमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा । धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चौबिसे गाउँपालिका-५ बोधेका २६ वर्षीय सुजन खतिवडा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मंसिर २८ गते साँझ बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि युवकलाई पक्राउ गरिएको हो । उनले संगालोखबरसँग भने, ‘बहिनीलाई ललाइफ...
झापाको एक होटलमा आगलागी हुँदा ८ लाख क्षति 

झापाको एक होटलमा आगलागी हुँदा ८ लाख क्षति 

झापा । झापाको मेचीनगर नगरपालिका-१२ माइलाबारीस्थित एक होटलमा आगलागी भएको छ । आज बिहानको राति प्रदीप लिम्बुले सञ्चालन गरेको ‘होटल लिटल सेफ फास्ट फुट क्याफे’ मा आगलागी भएको हो । प्रहरीका अनुसार दामोदर दाहालको दुई तले घरको पहिलो तला भाडामा लिएर लिम्बुले होटल सञ्चालन गर्दै आएका थिए । आगलागीबाट फ्रिज, र्‍याक, मदिरा, इन्भर्टर, ब्याट्री र नगद २५ समेत जलेर नष्ट भएको प्रहरीको भनाइ छ । आगलागीबाट ८ लाख म...
भेडेटारमा कार्यरत प्रहरी नायब निरीक्षक प्रधान सर्वोत्कृष्ट प्रहरी घोषित

भेडेटारमा कार्यरत प्रहरी नायब निरीक्षक प्रधान सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी नायब निरीक्षक रमेश प्रधान पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई २०८१ साल पुस महिनाको सर्वोकृष्ट प्रहरी घोषित गरेको हो । उनले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेका कारण सर्वोकृष्ट घोषित गरिएको जनाइएको छ । उनले पुष २५ ...
विराटनगरमा ढोका फुटाएर यसरी भयो पसलमा चोरी (सीसीटीभी फुटेजसहित) 

विराटनगरमा ढोका फुटाएर यसरी भयो पसलमा चोरी (सीसीटीभी फुटेजसहित) 

विराटनगर । विराटनगरको ट्राफिक चोक नजिक रहेको अरनवी ग्राफिक्स प्रिन्टर्समा बिहीबार राती चोरी भएको छ । न्युरो हस्पिटल जाने बाटोस्थित रेन्बो गल्लीमा रहेको सो पसलको ढोकाको सिसा फुटाएर राती करिब ९ बजे चोरी भएको हो । एक जना युवकले सिसा फुटाएर पसल भित्र प्रवेश गरी चोरी गरेको दृष्य पसलको सीसीटीभीमा कैद भएको छ । चोरले पसलमा रहेको पैसा राख्ने पर्स र कम्प्युटरको मनिटर लगेको सीसीटीभी फुटेजमा प्रष्ट देखिन्छ...
विराटनगरमा भारतीय ट्रकको ठक्करबाट साइकलयात्री घाइते

विराटनगरमा भारतीय ट्रकको ठक्करबाट साइकलयात्री घाइते

विराटनगर । विराटनगरमा भारतीय ट्रकको ठक्करबाट साइकलयात्री घाइते भएका छन् । आज दिउँसो तीन बजे विराटनगर-९ शनिमन्दिर छेउमा ट्रकले साइकलयात्रीलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट मोरङको कटहरी गाउँपालिका-४ का मधुसुदन सिंहका १५ वर्षीय छोरा सितारामको दाहिने खुट्टा भाँचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए । उनको अवस्था सामान्य रहेको र कोशी अस्पतालमा उप...
डस्टबिनमा भेटियो नवजात शिशुको शव 

डस्टबिनमा भेटियो नवजात शिशुको शव 

विराटनगर । प्युठानमा एक नवजात शिशुको शव डस्टबिनभित्र भेटिएको छ । सरुमारानी गाउँपालिका-२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएका हो । स्थानीयवासीले डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार सालनालसमेत नकाटिएको अवस्थामा शव फेला परेको छ । उक्त सम्बन्धमा जिल्ला प्रहरी कार्यालय प्युठानले घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ ।
खराब मौसमका कारण विराटनगर विमानस्थलको उडान प्रभावित

खराब मौसमका कारण विराटनगर विमानस्थलको उडान प्रभावित

विराटनगर । खराब मौसमका कारण विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ । विमानस्थलका अनुसार भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो । विराटनगरमा बिहानैदेखि हुस्सु लागेको छ । मौसममा सुधार आएसँगै नियमित उडान सुचारु हुने विमानस्थलले जनाएको छ । विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार बिहानै देखि उडान प्रभावित भएको हो । आज बिहान ११ बजे यति एयरलाइन्सको विमान काठमाडौं उडेको र त्यस...
संखुवासभाको बाह्रबिसेमा आगलागी हुँदा पाँच घर जलेर नष्ट 

संखुवासभाको बाह्रबिसेमा आगलागी हुँदा पाँच घर जलेर नष्ट 

विराटनगर । सङ्खुवासभाको सभापोखरी गाउँपालिका-६ स्थित बाह्रबिसे बजारमा आगलागी हुँदा पाँच घर जलेका छन् । बुधबार दिउँसो करिब सवा तीन बजे स्थानीय रामकुमार राईको भान्साघरबाट आगलागी सुरु भएको थियो । राईको भान्साघरबाट सुरुभएको आगलागीबाट अन्य घरहरू पनि पूर्ण रूपमा जलेर नष्ट भएका संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । आगलागीबाट राईको दुई तले घर, अमृता लालसिंह लिम्बु र सुशील तामाङक...
सोलुखुम्बुमा विद्युत सर्ट भएर आगलागी हुँदा २४ लाख बराबरको क्षति

सोलुखुम्बुमा विद्युत सर्ट भएर आगलागी हुँदा २४ लाख बराबरको क्षति

विराटनगर । सोलुखुम्बुको एक घरमा विद्युत सर्ट भएर आगलागी भएको छ । नेचासल्यान गाउँपालिका-३ गैरिबारीका मुक्ति बास्तोलाको घरमा बुधबार साँझ आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार उनको तीन तले घरमा आगलागी हुँदा करिब २४ लाख बराबरको क्षति भएको छ । आगलागीबाट अन्नपात, भाँडावर्तन र लत्ताकपडा पूर्णरूपमा जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय नेचाबाट खटिएको प्रहरी टोलीले स्थानीयको सह...
एक सय ११ किलो गाँजासहित एक जना पक्राउ

एक सय ११ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । मकवानपुरबाट एक सय ११ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । कैलाश गाउँपालिका-२ स्थित डाँडाखर्क का ३४ वर्षीय रावल स्याङ्बोलाई प्रहरीले पक्राउ गरेको हो । हेटौँडा-१५ स्थित रातोमाटे चेकपोष्टबाट उनलाई गाडी र गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो । हेटौँडातर्फबाट निजगढतर्फ जाँदै गरेको बा ७ च २५१० नम्बरको पिकअप गाडी भित्र लुकाएर राखेको अवस्थामा गाँजा भेटिएको प्रहरीको भनाइ छ । उनलाई निय...
धनकुटाको चौबिसेमा एक आपसमा जोडेर बनाइएका घर

धनकुटाको चौबिसेमा एक आपसमा जोडेर बनाइएका घर

धनकुटा । एक आपसमा जोडेर बनाएका घर । हेर्दा आकर्षक, अनि आत्मियता झल्काउँछन् । यी घरले यहाँका मानिसको एकता समेत दर्साउँछ । धनकुटाको चौबिसे गाउँपालिका-२ मुडेबासमा यस्तै घर छन् । जो एक आपसमा जोडेर बनाइएका छन् । यहाँ करिब ९५ घरपरिवार मगर समुदायको बसोबास छ । जहाँ पुराना र कलात्मक घरहरू छन् । यी घरहरू पुर्खाले परापूर्वकालमा निर्माण गरेको स्थानीय बताउँछन् । यस ठाउँका मानिसको मुख्य पेशा कृषि हो । वार...
मोरङको बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङको बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति पौने एक बजे टंकी चोकबाट सक्मातर्फ जाँदै गरेको प्रदेश १-०२-०४५ प ९३५७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा विराटनगर-४ का २१ वर्षीय श्याम गडेरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते...
धनकुटामा किरात राई यायोक्खाको भवन बन्ने

धनकुटामा किरात राई यायोक्खाको भवन बन्ने

धनकुटा । किरातीहरूको नयाँ वर्ष यले दोङ ५०८५ सालको अवसर पारेर धनकुटामा सुम्निमा पारुहाङ भवनको शिलान्यास गरिएको छ । मङ्गलबार किरात राई यायोक्खा जिल्ला कार्य समिति धनकुटाले भवनको शिलान्यास गरेको हो । धनकुटा नगरपालिका-६ स्थित राई कुवा टोल साकेला पार्कमा भवनको शिलान्यास गरिएको छ । प्रमुख अतिथि किरात राई यायोक्खा केन्द्रिय कार्य समिति सचिव अस्मिका राईले भवनको शिलान्यास गरेकी थिइन् । किरात राईहरूको क...
झापामा बस दुर्घटना हुँदा ११ जना घाइते 

झापामा बस दुर्घटना हुँदा ११ जना घाइते 

विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका-१ धरमपुरमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । आज बिहान काँकडभिट्टाबाट धरानतर्फ आउँदै गरेको मे १ ख २५४५ नम्बरको बस दुर्घटनामा परेको हो । बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका-३ का गुणा कोइराला, दीपा निरौला, म्यारी निरौला, निर्मला निरौला र विराट...
तरहरामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

तरहरामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

विराटनगर । इटहरी-२० तरहरामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ । मंगलबार साँझ भित्री सडकखण्डबाट तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित दुर्घटना भएको हो । दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका-५ का ३१ वर्षीय विजय राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी नेकपा एमाले हतुवागढी-५ का अध्यक्ष हुन् । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर विजुलीको पो...
नेपाल प्रहरी रानी विराटनगरलाई त्रिवेणी कप भलिबलको उपाधि 

नेपाल प्रहरी रानी विराटनगरलाई त्रिवेणी कप भलिबलको उपाधि 

धनकुटा । नेपाल प्रहरी रानी विराटनगरले दोस्रो त्रिवेणी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । धनकुटाको चौबिसे गाउँपालिकाको हंसमोरङमा त्रिवेणी खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा कोशी प्रदेश ट्रेनिङ सेन्टरलाई पराजित गर्दै प्रहरीले उपाधि जितेको हो । फाइनलमा प्रहरीले ट्रेनिङ सेन्टरलाई २६-२४, २५-२२ र २५-२३ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । विजेता हुँदै नेपाल प्रहरी रानी विरा...
पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

विराटनगर । विराटनगर प्राइम राउन्ड टेबल १० ले विराटनगर-१९ घिनाघाट स्थित पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । मकर संक्रान्तिको अवसर पारेर एक सय ५० जना विद्यार्थीलाई कपडा वितरण गरिएको हो । संस्थाका अध्यक्ष भास्कर सोनी लगायत प्रतिनिधिहरूले विद्यार्थीहरूलाई स्विटर वितरण गरेका हुन् । आज सार्वजनिक विदा भएपनि शिक्षक र बालबालिकालाई विद्यालयमा बोलाएर स्विटर वितरण गरिएको ...
विराटनगरमा बसको ठक्करबाट महिलाको मृत्यु

विराटनगरमा बसको ठक्करबाट महिलाको मृत्यु

विराटनगर । विराटनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज साँझ करिब ६ बजे विराटनगर-१४ हिमाल आँखा अस्पताल अगाडि रानीबाट विराटनगर आउँदै गरेको बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार बसको ठक्करबाट सोही स्थानकी ५५ वर्षीया हक्री खातुनको मृत्यु भएको हो । प्र १-०१-००१ ख ४४८३ नम्बरको बसले ठक्कर दिँदा खातुन गम्भीर घा...
माघे संक्रान्तिले बढ्यो कन्दमूलको व्यापार

माघे संक्रान्तिले बढ्यो कन्दमूलको व्यापार

विराटनगर । माघे संक्रान्तिका कारण तरुल, सुठुनी लगायत कन्दमूलको व्यापार बढेको छ । हाट बजार तथा पसलहरूमा सोमबार बिहानैदेखि चहलपहल छ । मङ्गलबार, माघ १ गते अर्थात माघे संक्रान्ति पर्व भएकाले बजारमा कन्दमूलको व्यापार बढेको हो । विराटनगरको गुद्री बजारसहित हटियाहरूमा पनि चहलपहल बढेको छ । विराटनगरका व्यापारीहरूले तराईका विभिन्न क्षेत्रसहित पहाडी जिल्लाबाट कन्दमूल ल्याएर बिक्री गर्ने गरेका छन्  । प्रत...
विराट एक्स्पोमा बिजनेश क्लिनिक

विराट एक्स्पोमा बिजनेश क्लिनिक

विराटनगर । उद्योग सङ्गठन मोरङले माघ ११ देखि २० गतेसम्म आयोजना गर्न लागेको आठौँ संस्करणको विराट एक्स्पोमा ‘बिजनेश क्लिनिक’ पेभिलियन राख्ने तयारी गरेको छ । उद्योगी व्यवसायीका उद्योग विशेष समस्यालाई समाधान गर्ने प्रयत्न स्वरुप एक्स्पो स्थलमा ‘बिजनेश क्लिनिक’ पेभिलियन राख्ने तयारी गरिएको हो । एक्स्पोमा बिजनेश क्लिनिकलाई भर्चुअल प्लेटफर्मका रूपमा व्यवस्थित गरिने भएको हो । जसबाट अवलोकनकर्ता उद्योगी ...
लैङ्गिक समानता एवं सामाजिक समावेशीकरणमा विराटनगरलाई ७८ अङ्क

लैङ्गिक समानता एवं सामाजिक समावेशीकरणमा विराटनगरलाई ७८ अङ्क

विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक समानता एवं सामाजिक  समावेशीकरण (लैससास) परीक्षणमा ७८ अङ्क पाएको छ । आर्थिक वर्ष २०८०/८१ को परीक्षणमा महानगरले ७८ अङ्कसहित उत्कृष्ट नतिजा ल्याएको हो । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललगायतको उपस्थितिमा प्रतिवेदन सार्वजनिक गरिएको थियो । लैससास परीक्षण दिगदर्शन २०७८ अनुसार, एक सयवटा...
विराटनगरको गुद्री बजारमा कन्दमूल किन्दै उपभोक्ता (फोटो फिचर)

विराटनगरको गुद्री बजारमा कन्दमूल किन्दै उपभोक्ता (फोटो फिचर)

विराटनगर । विराटनगरमा माघे सङ्क्रान्तिका लागि तरुल, सखरखण्डलगायत कन्दमूलको किनमेल बढेको छ । आज बिहानैबाट गुद्रीसहितका हटियामा कन्दमूल किन्नेको चहलपहल बढेको हो । माघ १ गते अर्थात भोलि माघे सङ्क्रान्ति पर्व भएकाले आज आवश्यक सामग्री किन्नेको घुइँचो बढेको पुरानो गुद्रीका व्यापारी दिनेश कुमार साहले बताए । पहाडी जिल्लाबाट ल्याएको घर तरुल गुद्रीबाट प्रतिकिलो ८० देखि एक सय रुपैयाँ प्रतिकिलोसम्ममा बिक्र...
विराटनगर जेसिजको ५२ औं अध्यक्षमा दाहाल

विराटनगर जेसिजको ५२ औं अध्यक्षमा दाहाल

विराटनगर । विराटनगर जेसिजको ५२ औं अध्यक्षको रूपमा प्रीतेशराज दाहालले पदभार ग्रहण गरेका छन् । २०२५ का लागि अध्यक्षमा निर्वाचित भएका दाहालले पदभार ग्रहण गरेका हुन् । वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा कविराज दाहाल, कार्यकारिणी उपाध्यक्षमा शिव शङ्कर मण्डल र अभिषेक भट्टराई, तालिम निर्देशकमा सुभास भण्डारी, उपाध्यक्षमा रिजन सिग्देल, मनोज तिवारी, शिवराज पोखरेल र अनुज दाहाल तथा जनसम्पर्क अधिकारीमा निर्वाचि...
धरानका मेयरले आफूलाई कानुनभन्दा माथि राख्न खोजेको पत्रकार महासङ्घको निष्कर्ष 

धरानका मेयरले आफूलाई कानुनभन्दा माथि राख्न खोजेको पत्रकार महासङ्घको निष्कर्ष 

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले अधिकार दुरुपयोग गर्दै आफूलाई कानुनभन्दा माथि राख्न खोजेको पत्रकार महासङ्घले निष्कर्ष निकालेको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यसमितिले धरानका पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिडिया मिसनले बुझाएको प्रतिवेदनलाई आधार मानेर महासङ्घले यस्तो निष्कर्ष निकालेको हो । केन्द्रीय सदस्यद्वय कमल रिमाल र ...
तस्बिरमा हेर्नुहोस् पाँचथर बजार

तस्बिरमा हेर्नुहोस् पाँचथर बजार

पाँचथर । पाँचथर कोशी प्रदेशको पहाडी जिल्ला हो । एक हजार दुई सय ४१ वर्ग किलोमिटरमा फैलिएको यस जिल्लाको सदरमुकाम फिदिम हो । पाँचथरमा बहुमूल्य जडीबुटीहरू जस्तैः पोट्लिङ्गो, गुराँस, धुपी, चिराइतोलगायतका वनस्पतीहरू पाइन्छन् । पाँचथरको नामाकरण कसरी भयो भन्ने कुनै स्पष्ट आधार पाइँदैन । तथापी सोधकर्ताहरूका अनुसार ‘पान्थरथुम’ शब्दबाट पाँचथर नामाकरण भएको हो । ‘पान्थरु’को अर्थ कुरामा सहमति मिलेको र ‘थुम’क...
बाढीको पानी खदरा खोलामा मिसाउने निर्णय फिर्ता गर्न माग

बाढीको पानी खदरा खोलामा मिसाउने निर्णय फिर्ता गर्न माग

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-१ टंकी चोकबाट बाढीको पानी खदरा खोला हुँदै सिङ्घिया नदीमा मिसाउने निर्णय प्रति स्थानीयले आपत्ति जनाएका छन् । प्रभावित क्षेत्रका स्थानीयले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै दुई किलोमिटर पूर्वको खदरा खोला हुँदै सिङ्घिया खोलामा बाढी मिसाउने निर्णय गलत भएको बताएका हुन् । उनीहरूले विभिन्न माग राख्दै यो निर्णय तत्काल फिर्ता लिनुपर्ने बताए । उनीहरूले बिना सरकारी...
मोरङ मेरो लागि नयाँ होइन, जिम्मेवारी मात्र नयाँ हो : सीडीओ यादव

मोरङ मेरो लागि नयाँ होइन, जिम्मेवारी मात्र नयाँ हो : सीडीओ यादव

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अब्बल कार्यसम्पादन गर्ने बताएका छन् । बुधबार मोरङको सीडीओका रूपमा पदभार सम्हालेका यादवले आज पत्रकारहरूसँग छलफल गर्दै यस्तो बताएका हुन् । उनले कार्यालयले प्रवाह गर्ने सेवालाई चुस्तदुरुस्त राख्दै सहज सेवा उपलब्ध गराउने उल्लेख गरे । आफूले धेरै जिल्लामा सीडीओ भएर काम गरिसकेको बताउँदै सबैभन्दा राम्रो काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् । ...
लेगुवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

लेगुवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवास्थित शिवरात्रिमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् । शिवरात्रिबाट लेगुवा आउँदै गरेको बा ५४ प ७५९० नम्बरको मोटरसाइकलले आज बिहान ११ः४५ बजे स्थानीय माझी गाउँका ४३ वर्षीय पदम राईलाई ठक्कर दिएको हो । बाटो पार गर्ने क्रममा राईलाई मोटरसाइकलले ठक्कर दिएको हो । ठक्करबाट राईको टाउकोमा गहिरो चोट लागेको छ । उनको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि ध...
error: Content is protected !!