मोरङको कटहरीमा तरकारी लोड भएको ट्रकभित्र भेटियो ३१ सय किलो गाँजा
विराटनगर । मोरङको कटहरी गाउँपालिका-३ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गएराति करिब १२ः३० बजे को १ ख ४५१८ नम्बरको ट्रकबाट तीन हजार एक सय ५० किलो गाँजा बरामद गरेको हो ।
बन्दाकोपी लोड भएको ट्रक खानतलासी गर्दा उक्त परिमाणमा गाँजा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
‘बन्दाकोपीले छोपेको अवस्थामा एक सय पाँच बोरा गाँजा फेला परेको हो’, डीएसपी चुडालले...





























