संगालोखबर


विराटनगर । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । भर्खरै आगो पूर्णरूपमा नियन्त्रणमा आएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कमल बजगाईंले संगालोखबरलाई जानकारी दिए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, स्थानीय र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको हो । प्रारम्भिक विवरण अनुसार १० घर क्षति पुगेको छ । जसमध्ये ७ घरमा पूर्णरूपमा जलेर नष्ट भएका छन् ।

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । ‘आगो नियन्त्रणमा आएपछि क्षतिको विवरण संकलनको काम सुरु भएको छ’, डीएसपी बजगाईंले भने, ‘थप विवरण आउन बाँकी छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!