सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा मानव अधिकार उल्लङ्घनका घटना गतवर्षको तुलनामा केही कम भएको पाइएको छ । आज अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले तयार पारेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा यस्तो तथ्याङ्क पाइएको हो ।

इन्सेकले सन् २०२५ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७१ ओटा घटना अभिलेख गरेको जनाएको छ । जसमा बालअधिकार विरुद्धका ७ः, हत्या १, कुटपिट १, महिलाविरुद्ध घटना ६२ गरी जम्मा ७१ जना पीडित भएको धनकुटाका इन्सेक प्रतिनिधि ईश्वर थापाले बताए । गत वर्ष ९९ ओटा घटना अभिलेख गरिएको थियो ।

Advertisement

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर किशोर तामाङले उजुरीका आधारमा जस्तोसुकै घटनाको दोषीलाई पनि कानुनी दायरामा ल्याएको बताए । सोही अवसरमा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरिएको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राईले पछिल्लो समय महिलाहरूमाथि हुने घरेलु हिंसासहित अन्य जघन्य अपराध बढ्दै गएको बताइन् । धनकुटा नगरपालिका उपप्रमुख भिमादेवी खनालले अंशु गौतमको घटनाले समाजलाई दिएको पीडा सम्झँदै त्यस्ता घटनाका अपराधीलाई जन्मकैदको सजाय हुनुपर्ने माग गरिन् ।

७७ औ विश्व मानव अधिकार दिवसको अवसरमा आयोजना गरिएको पूर्व समीक्षा कार्यक्रममा धनकुटामा मानवअधिकारको अवस्था तथा मानवअधिकार रक्षाका लागि नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!