
काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता मनोनित भएकी छन् । आज बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।
एमालेले गत फागुनको चुनावपछि पार्टीभित्र समीक्षा गर्दै जेठमा सदस्यता खुलाउने निर्णय गरेको थियो । भण्डारीले गत ११ औं महाधिवेशन अघि नै पार्टीमा सक्रिय भएर नेतृत्वमा आउने योजना बनाएकी थिइन् ।
तर सदस्यता नै नभएपछि भण्डारी सक्रिय हुन पाइनन् । भण्डारी यसअघि एमालेको उपाध्यक्ष भइसकेकी छन् ।

संगालोखबर 

















