विराटनगरमा भोलिबाट १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै
विराटनगर । विराटनगरमा भोलि बुधबारबाट १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेष्ट माध्यमिक विद्यालयको संयोजनमा प्रतियोगिता हुन लागेको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियोगिता गर्न लागिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
पुस ९ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महानगरभित्...






























