धनकुटामा सात हजार बालिकालाई ‘एचपीभी’ खोप लगाइने
धनकुटा । धनकुटामा करिब सात हजार बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ । जिल्ला खोप समन्वय समिति धनकुटाले अभिमुखीकरण कार्यक्रम गर्दै खोप लगाउने बालिकाको सङ्ख्या सात हजार नजिक रहेको जानकारी दिएको हो ।
माघ २२ गतेदेखि फागुन ७ गते भित्र देशैभर कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीहरूलाई खोप लगाउने तालिका छ...































