प्राज्ञिक विद्यार्थी परिषद् कोशीको अध्यक्षमा राउत र सचिवमा ताजपुरिया निर्वाचित
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको कोशी प्रदेश अध्यक्षमा इन्द्रराज राउत निर्वाचित भएका छन् । चितवनको भरतपुरमा भएको दशौं राष्ट्रिय अधिवेशनसँगै भएको पाँचौँ प्रदेश अधिवेशनबाट रावत सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रदेश उपाध्यक्षमा रत्न श्रेष्ठ, युवराज गुरागाईं, फुरी शेर्पा र प्रदिप खतिवडा निर्वाचित भए । यसैगरी प्रदेश छात्रा प्रमुखमा कुसुम पौडेल, सह-छात्रा प्रमुखमा भावना गुरुङ...































