
झापा । नेपाली काँग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेनलाई सघाउने भएका छन् । लामो समयदेखि काँग्रेसको सक्रिय राजनीतिमा सक्रिय प्रसाईँलाई बालेनले मनोनयन दर्ता स्थलमै खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
प्रसाईं हाल दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराईका श्रीमान् हुन् । उनको पार्टी प्रवेशलाई अर्थपूर्णरूपमा हेरिएको छ । उनले सामाजिक सञ्जालमार्फत अब आफ्नो यात्रा पद, कुर्सी वा झन्डाको नभई परिवर्तनको भएको उल्लेख गरेका छन् ।
उनले आफ्नो निर्वाचन क्षेत्र झापा–५ बाट बालेनलाई विजयको अग्रिम शुभकामना दिँदै पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संगालोखबर 













