संगालोखबर


झापा । गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा ध्वस्त पारिएका व्यक्तिगत तथा सार्वजनिक संरचनाहरूको स्थलगत अवलोकन गरेका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न झापा पुगेका ओलीले आज ध्वस्त पारिएका संरचनाहरूको अवलोकन गरेका हुन् ।

पुग्नु भएका अध्यक्ष ओलीले मनोनयन दर्ता गर्नु अघि जलाइएका संरचनाहरूको निरीक्षण गर्ने कार्यक्रम तय गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जानकारी दिनु भयो ।

जेनजी आन्दोलनका क्रममा ध्वस्त पारिएका सार्वजनिक तथा निजी सम्पत्तिको निरीक्षणका क्रममा अध्यक्ष ओलीले इलाका प्रहरी कार्यालय दमकको पनि अवलोकन गरेका प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।

यसै क्रममा ओलीले दमक टावर, नगरपालिका कार्यालय, पार्टी कार्यालय, अन्य सार्वजनिक संरचनाहरू तथा निजी निवासको पनि निरीक्षण गर्ने कार्यक्रम छ । अध्यक्ष ओलीले आफ्नो गृह जिल्ला झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउँदै छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!