संगालोखबर


झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा-५ बाट उम्मेदवारी मनोनयन दर्ता गर्न दमक पुगेका छन् । र्याली र नाराबाजीसहित समर्थकहरूको बाक्लो उपस्थितिमा बालेन आज मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयतर्फ अघि बढेका हुन् ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर समेत रहेका बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । झापा–५ बाटै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराउँदैछन् ।

ओलीको गढ मानिले झापा–५ मा बालेनको उम्मेदवारीले चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले झापा–५ मा रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!