विराटनगरबाट सात लाख बढीको अवैध औषधीसहित एक जना पक्राउ

विराटनगरबाट सात लाख बढीको अवैध औषधीसहित एक जना पक्राउ

विराटनगर । विराटनगर-१६ दरैयाबाट अवैध औषधीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर-१६ का २६ वर्षीय सिकन्दर यादव छन् । औषधी फालेर भाग्ने क्रममा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आज बिहान करिब ४ः४० बजे भारतबाट बीआर ३८ एच २२२७ नम्बरको मोटरसाइकलमा राखेर भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले औषधी बरामद गरेको हो । मोरङ प्रह...
पाँचथरमा २१ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ

पाँचथरमा २१ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ

विराटनगर । पाँचथरको फिदिममा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका २१ वर्षीय विवश खड्का, २६ वर्षीय अंकित शर्मा, पाँचथरका २१ वर्षीय अनिष योङहाङ, २४ वर्षीय सञ्जय तामाङ र २३ वर्षीय उमेश तामाङ छन् । आइतबार बिहान ४ बजे फिदिम नगरपालिका-१ स्थित बाटिका होटलमा आफूमाथि सामूहिक करणी भएको भन्दै युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही आधारमा उनी...
टिकटक लाइभमा अपशब्द प्रयोग गर्ने युवती पक्राउ

टिकटक लाइभमा अपशब्द प्रयोग गर्ने युवती पक्राउ

विराटनगर । सामाजिक सञ्जाल टिकटकमा अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको अभियोगमा एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२४ की २० वर्षीया रोशनी खातुन छिन् । उनले टिकटक लाइभमा अपशब्दसहित अभद्र गालीगलौज गरेको आरोप छ । उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्धा थप गरेर अनुसन्धान सुरु गरेको छ ।
साँगुरीगढीका भूमिहीन पाँच परिवारलाई धनीपूर्जा वितरण

साँगुरीगढीका भूमिहीन पाँच परिवारलाई धनीपूर्जा वितरण

धनकुटा । धनकुटाको साँगुरीगढीका भूमिहीन सुकुम्बासी पाँच परिवारलाई जग्गा धनीपूर्जा प्रदान गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समितिले आज कार्यक्रम आयोजना गरेर धनीपूर्जा वितरण गरेको हो । धनीपूर्जा पाउनेमा साँगुरीगढी-३ फुवाफोकका कञ्चन माझी, सुनेत्र माझी र आइतमान माझी तथा वडा नम्बर ९ अहालेका दुर्गा बहादुर राई र वडा नम्बर ७ लेउतीका विष्णुकुमार राई छन् । कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधि ...
कोशीमा ४१ प्रतिशत रोपाइँ, पानी नपर्दा समस्या

कोशीमा ४१ प्रतिशत रोपाइँ, पानी नपर्दा समस्या

विराटनगर । कोशी प्रदेशमा हालसम्म ४१.३२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । गतवर्ष यही अवधिमा ६१.६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । यस वर्ष समयमा नै पर्याप्त वर्षा नहुँदा गतवर्षको तुलनामा कम रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । कोशी प्रदेशको उच्च पहाडी क्षेत्रमा ३९.७१ प्रतिशत, मध्य पहाडमा ५१.२७ र तराइमा ३७.९७ प्रतिशत रोपाइँ भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका ...
ऋण असुल गरेर बचत फिर्ता गर्न सहकारीहरूलाई धनकुटा नगरको निर्देशन

ऋण असुल गरेर बचत फिर्ता गर्न सहकारीहरूलाई धनकुटा नगरको निर्देशन

धनकुटा । धनकुटा नगरपालिकाले भाका नाघेको ऋण असुली गरी बचतकर्ताको रकम फिर्ता गर्न सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ । सहकारी संस्थाले दिएको ऋण समयमै चुक्ता नहुँदा समस्या देखिएपछि नगरपालिकाले आज सूचना जारी गरेर नगर क्षेत्रका सबै सहकारी संस्थाहरूलाई यस्तो निर्देशन दिएको हो । बचत गरेको रकम फिर्ता नपाएपछि अहिले बचतकर्ताहरू समस्यामा छन् । उनीहरूले बचत फिर्ताका लागि पटक-पटक ताकेता गरिरहेका छन् । सहक...
कोशीका मुख्यमन्त्री र एफएओ प्रतिनिधिबीच भेटवार्ता 

कोशीका मुख्यमन्त्री र एफएओ प्रतिनिधिबीच भेटवार्ता 

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि संगठन ( एफएओ) को नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजु बीच भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत परियोजनाहरू संचालन गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले मध्यपहाडी जिल्लाहरूमा वातावरणीय प्रभाव कम गर्ने,...
झापामा मोटर जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

झापामा मोटर जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

झापा । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१० का ५३ वर्षीय पुष्प पोखरेल छन् । आइतबार राति करिब ८ बजे आफ्नै निर्माणधीन घरमा पानी लगाउनलाई मोटर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीले आवश्यक अनुसन्ध...
उदयपुरमा अस्पताल लैजाँदै गर्दा गर्भवती महिलाको ज्यान गयो

उदयपुरमा अस्पताल लैजाँदै गर्दा गर्भवती महिलाको ज्यान गयो

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-९ गैरुनकी एक गर्भवती महिलाको प्रसुती गराउन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल लैजाने क्रममा २८ वर्षीया तारा गिरीको मृत्यु भएको हो । उनको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक हरिहर नाथ योगीले जानकारी दिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । सुत्केरी व्यथा लागेपनि ढि...
झापामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

झापामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

झापा । झापामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका-३ संगम चोकमा भएको दुर्घटनामा स्कुटर पछाडि सवार सोही स्थानकी ५६ वर्षीया लक्ष्मी गौतमको मृत्यु भएको हो । प्रहरीका अनुसार भित्री पक्की सडक खण्डमा डिपुचोकबाट आम्दातर्फ आउँदै गरेको मे १ २८८४ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदैगरेको मे ११ प ५४५३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा गौतमको घटनास्थलमै मृत्यु भ...
सुनसरीमा गोली प्रहार गरेर सालीको हत्या

सुनसरीमा गोली प्रहार गरेर सालीको हत्या

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा गएराती भिनाजुले गोली प्रहार गरेर सालीको हत्या गरेका छन् । गोली प्रहारबाट स्थानीय १८ वर्षीया अर्सी खातुनको मृत्यु भएको हो । अर्सीकै भिनाजु भारतको पत्राहा पञ्चायत-१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले उनीमाथि गोली प्रहार गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । ‘ससुरालीमै आएर राती सालीमाथि गोली प्रहार गरेछन्,’ डीएसपी खतिवडाल...
धनकुटामा सवारी चालकको आँखा परीक्षण

धनकुटामा सवारी चालकको आँखा परीक्षण

धनकुटा । धनकुटामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारी चालकको निःशुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्र ज्योति संघ र डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाको आयोजना तथा जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय धनकुटाको सहकार्यमा आँखा परीक्षण गरिएको हो । धनकुटा नगरपालिका-६ जिरोप्वाइन्टमा भएको शिविरमा एक सय बढी चालकको आँखा परीक्षण गरिएको थियो । जसमा २५ जनालाई चस्मा वितरण गरिएको...
यी हुन् मोरङको सुन्दरहरैँचामा ‘ढुकुर जोडी’को सम्मान पाउने १२ दम्पती

यी हुन् मोरङको सुन्दरहरैँचामा ‘ढुकुर जोडी’को सम्मान पाउने १२ दम्पती

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले उत्कृष्ट १२ दम्पतीलाई ‘ढुकुर जोडी’का रूपमा सम्मान गरेको छ । नगरपालिकाका सबै वडाबाट छानिएका दम्पतीलाई आज सम्मान गरिएको हो । सम्मानित हुने दम्पतीहरूमा वडा नम्बर १ का केशवप्रसाद काफ्ले र कञ्चन दाहाल, वडा नम्बर २ का सचिदानन्द साह र संगीताकुमारी गुप्ता, वडा नम्बर ३ का ध्रुव निरौला र अनु दाहाल र वडा नम्बर ४ का डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल छन् । यस्...
सुनसरीको इनरुवामा घरभित्रै मृत भेटिए पति-पत्नी 

सुनसरीको इनरुवामा घरभित्रै मृत भेटिए पति-पत्नी 

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका-९ बबियामा पति-पत्नी घरभित्रै मृत फेला परेका छन् । प्रहरीका अनुसार आज बिहान ४० वर्षीय शुकदेव शर्मा र उनकी पत्नी ३२ वर्षीया सवेता खातुन मृत फेला परेका हुन् । सुनसरी प्रहरीका अनुसार बाँसको टाटीबेरा भएको एक तले कच्ची घरको धुरीमा झुण्डिएको अवस्थामा शुकदेव मृत फेला परेका छन् भने पत्नी ओछ्यानमा मृत फेला परेकी हुन् । स्थानीयले दम्पतीलाई मृत देखेपछि प्रहरीलाई खबर गरे...
ठूलो परिमाणमा ब्राउन सुगरसहित विराटनगरबाट दुई जना पक्राउ 

ठूलो परिमाणमा ब्राउन सुगरसहित विराटनगरबाट दुई जना पक्राउ 

विराटनगर । विराटनगर महानगरपालिका-१४ मलाया रोडबाट ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । विराटनगर-१२ का २३ वर्षीय रोशनलाल महतो र भारत बिहारको अररियाका २१ वर्षीय पवनकुमार यादव पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले शनिबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो । को ३० प ४१० नम्बरको मोटरसाइकलमा अडेस लागेर गफ गरिरह...
मोरङको कटहरीमा तरकारी लोड भएको ट्रकभित्र भेटियो ३१ सय किलो गाँजा

मोरङको कटहरीमा तरकारी लोड भएको ट्रकभित्र भेटियो ३१ सय किलो गाँजा

विराटनगर । मोरङको कटहरी गाउँपालिका-३ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गएराति करिब १२ः३० बजे को १ ख ४५१८ नम्बरको ट्रकबाट तीन हजार एक सय ५० किलो गाँजा बरामद गरेको हो । बन्दाकोपी लोड भएको ट्रक खानतलासी गर्दा उक्त परिमाणमा गाँजा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । ‘बन्दाकोपीले छोपेको अवस्थामा एक सय पाँच बोरा गाँजा फेला परेको हो’, डीएसपी चुडालले...
मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका-९ बाँसबारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो । आफ्नै घरनजिकको खेतमा पानी लगाउन गएका बेला आज बिहानका राति करिब ३ बजे हात्तीले अमिनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रम...
कोशी प्रदेश खेलकुद विकास बोर्डले गर्यो १०१ जनालाई सम्मान

कोशी प्रदेश खेलकुद विकास बोर्डले गर्यो १०१ जनालाई सम्मान

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलाडी तथा खेल क्षेत्रमा योगदान पुर्याउने १०१ जनालाई सम्मान गरेको छ । राष्ट्रपति रनिङ शिल्ड, अन्तरप्रदेश प्रतियोगिता र राष्ट्रिय स्तरका प्रतियोगितामा कोशी प्रदेशलाई प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडी तथा खेल क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिलाई सम्मान गरेको हो । बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले बोर्डले १५ औँ राष्ट्रपति रनिङ शिल्डमा ...
मोरङको बुढीगंगामा सडेको अवस्थामा भेटियो महिलाको शव

मोरङको बुढीगंगामा सडेको अवस्थामा भेटियो महिलाको शव

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-६ कोयलपुरस्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरनजिक महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार शनिवार दिउँसो करिब ४ बजे शव फेला परेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार शव सडेर दुर्गन्धित अवस्थामा फेला परेको हो । दुर्गन्धित र कीरा परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । महिलाको पहिचान खुल्न बाँकी छ । कानुनी प्रक्रि...
धनकुटामा खोल्सीमा खसेकी महिलाको सकुशल उद्धार

धनकुटामा खोल्सीमा खसेकी महिलाको सकुशल उद्धार

धनकुटा । धनकुटामा खोल्सीमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ । प्रहरीका अनुसार धनकुटा नगरपालिका-५ की ३५ वर्षीया पूर्णिमा राईको उद्धार गरिएको हो । आज साँझ करिब ६ः३० बजे धनकुटा-६ परिचय मोडस्थित कोशी लोकमार्गको पेटीमा बसेकी उनी करिब ७० मिटर माथिबाट खोल्सीमा खसेकी थिइन् । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीको कमान्डमा प्रहरी टोली खटिएको ...
चौबिसेको धपडतालमा डुबेर एक जनाको मृत्यु

चौबिसेको धपडतालमा डुबेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ स्थित धपडतालमा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुब्दा चौबिसे–१, फेदापजुङका १७ वर्षीय अभिषेक आले मगरको मृत्यु भएको हो । पौडी खेल्ने क्रममा दिउँसो करिब ३ः३० बजे उनी तालमा डुबेर बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा साँझ करिब ५ बजे उनको शव फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । ‘तालमा मान्छे डुबे...
ग्रामथानका दुई वडाध्यक्षलाई गाउँसभा प्रवेशमा रोक

ग्रामथानका दुई वडाध्यक्षलाई गाउँसभा प्रवेशमा रोक

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले दुई जना वडाध्यक्षलाई गाउँसभामा प्रवेश गर्न रोक लगाएका छन् । अनुशासन उल्लंघन गरेको भन्दै वडा नम्बर ७ का अध्यक्ष विरेन्द्र चौधरी र वडा नम्बर ५ का अध्यक्ष भेषनारायण चौधरीलाई अध्यक्ष माझीले सात दिनका लागि गाउँसभा बैठकमा निषेध गरेका हुन् । आज सम्पन्न गाउँसभाको तेस्रो बैठकमा वडाध्यक्षहरूले सभाको मर्यादा भंग गरेको आरोप लगाउँदै अध्यक्ष म...
झापा र सुनसरीबाट लागूऔषधसहित ६ जना पक्राउ 

झापा र सुनसरीबाट लागूऔषधसहित ६ जना पक्राउ 

विराटनगर । कोशीका दुई जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । झापा र सुनसरीबाट उनीहरू पक्राउ परेका हुन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका-४ का १९ वर्षीया प्रिया तामाङ, दमक-५ का १९ वर्षीय सुमित सुन्दास, २१ वर्षीय प्रवीन चेम्जोङ र दमक-१० का २७ वर्षीय मनोज खनाल छन् । उनीहरूलाई ३५० क्याप्सुल र ...
कोशीलाई नेपालको ‘फेसन हब’ बनाउने सपना बुन्दै विराटनगरका रोनक अग्रवाल 

कोशीलाई नेपालको ‘फेसन हब’ बनाउने सपना बुन्दै विराटनगरका रोनक अग्रवाल 

विराटनगर । विराटनगरका रोनक अग्रवाल, जो सानैदेखी फेसनमा रूची राख्दथे । जुन सपना बुनेका थिए, त्यसैलाई पछ्याउँदै मेहनत गर्दै जाँदा आज उनले ठूलो फड्को मार्न सफल भएका छन् । उनको अर्को उपलब्धि भनेको पुनः मिस्टर नेपालको कोशी प्रदेश क्षेत्रीय निर्देशकमा नियुक्त हुनुपनि हो । यहाँसम्म आउनुमा उनको संघर्ष पनि कम छैन । सन् २०१५ मा पहिलोपटक एक स्थानीय सौन्दर्य प्रतियोगितामा फेसन इभेन्ट म्यानेजरको रूपमा पहिल...
मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा

मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा

धनुषा । मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । पानी नपर्दा धान रोपाइँमा समस्या भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको भन्दै सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानका लागि आवश्यक विशेष राहत प...
लेगुवाको २५० वर्ष पुरानो नागेश्वर महादेव मन्दिर ओझेलमा

लेगुवाको २५० वर्ष पुरानो नागेश्वर महादेव मन्दिर ओझेलमा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-६ लेगुवामा अवस्थित नागेश्वर दुग्धनाथ महादेव मन्दिर ओझेलमा परेको छ । धार्मिक आस्था तथा नेपालको इतिहाससँग जोडिएको उक्त मन्दिर प्रचार-प्रसार र संरक्षणको अभावमा ओझेलमा परेको हो ।  पूर्वका पिण्डेश्वर, बराहक्षेत्र लगायतका समकालीन मन्दिर चर्चामा रहेपनि यो मन्दिरमा भने चहल-पहल पनि कम हुँदै गएको छ । स्थानीयका अनुसार २०५० सालसम्म यो मन्दिरमा भक्तजनहरूको बाक्लो चहल-प...
झापामा हायसको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा हायसको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । झापामा हायस गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका-१ का ३८ वर्षीय रामबहादुर भुजेल छन् । बिर्तामोड नगरपालिका-२ रामचोक स्थित पूर्व–पश्चिम राजमार्गमा गम्भीर अवस्थामा फेला परेका उनलाई विर्तासिटी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले बा ५ ख ६८०३ नम्बरको हायससहित चालक मकवानपुर थाहा नगरपालिका-७ का २७ वर्षीय रोशन तामाङलाई काँक...
रंगेलीमा मामाघर आएका बालकको पोखरीमा डुबेर मृत्यु

रंगेलीमा मामाघर आएका बालकको पोखरीमा डुबेर मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका-९ मा पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका-६ दादरबेरियाका १० वर्षीय प्रशान्त विश्वकर्मा छन् । उनको आज दिउँसो मृत्यु भएको हो । प्रहरीका अनुसार प्रशान्त रंगेली-९ बेलचोकस्थित मामाघरमा गएका थिए । उनलाई मामाघरनजिकैको सुवास राजवंशीको पोखरीमा डुबिरहेको अवस्थामा दिउँसो २ बजेतिर फेला पारेर स्थानीयले उपचारका लागि रंगेली अस्पताल लगेका थ...
कोशीमा ७७ प्रतिशत बजेट खर्च, भौतिक पूर्वाधारमा सबैभन्दा बढी

कोशीमा ७७ प्रतिशत बजेट खर्च, भौतिक पूर्वाधारमा सबैभन्दा बढी

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ७७.२६ प्रतिशत बजेट मात्रै खर्च गर्न सफल भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको विवरण अनुसार कुल ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेटमा २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भएको हो । पूँजीगततर्फ विनियोजित बजेटको ७९.२६ प्रतिशत अर्थात १३ अर्ब ८२ करोड रुपैयाँ खर्च गर्दा चालुतर्फ ७५.२९ प्रतिशत १२ अर्ब ४२ करोड रुपैयाँ मात्र...
झापा दुर्घटना अपडेट : तीन वर्षीय बालकको पनि मृत्यु

झापा दुर्घटना अपडेट : तीन वर्षीय बालकको पनि मृत्यु

विराटनगर । झापाको बाह्रदशी गाउँपालिका-१ मा स्कुटर र मोटरसाइकल दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ । तीन वर्षीय आयुष राजवंशीको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो । यसअघि स्कुटर चालक कचनकवल गाउँपालिका-३ का ६० बर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारतको किशनगंजका २५ बर्षीय सुरज टुडुको मृत्यु भएको थियो । आयुश श्रीप्रसादका नाति हुन् । दुर्घटनामा घाइते भएकी श्रीप्रसादकी...
सुनसरीको देवानगञ्जबाट गाँजासहित दुई जना पक्राउ

सुनसरीको देवानगञ्जबाट गाँजासहित दुई जना पक्राउ

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-२ यादव टोलबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवानगञ्ज-२ का २० वर्षीय प्रकाश यादव र देवानगञ्ज-७ का १९ वर्षीय धिरज यादव छन् । उनीहरूलाई बुधबार राति पाँच किलो गाँजासहित पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्रकाशको घर खानतलासी गर्दा मकैको ढोडसहित बोरामा रा...
error: Content is protected !!