धनकुटामा सुमो दुर्घटना हुँदा सात जना घाइते
विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कार्कीछापमा सुमो दुर्घटना भएको छ । आज दिउँसो २ः३० बजे धरानबाट संखुवासभातर्फ जाँदै गरेको प्रदेश नं १-०२-००१ ज ४०६६ नम्बरको सुमो दुर्घटना भएको हो ।
दुर्घटनामा सात जना घाइते भएका इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायव निरीक्षक रमेश प्रधानले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार अगाडिको टायर पड्किएर सुमो दुर्घटनामा परेको हो ।
दुर्घटनामा संखुवासभा...



























