पाख्रीबास नगरपालिकाका विद्यालय मंगलबारसम्म बन्द गर्ने निर्णय
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाले मंगलबारसम्म विद्यालय बन्द गर्न अनुरोध गरेको छ । नगरपालिकाले आज सूचना जारी गर्दै चक्रवात ‘मोन्था’ को प्रभावले केही दिन भारी वर्षा हुने सम्भावना देखिएकाले जोखिम मध्यनजर गरेर विद्यालय बन्द गर्न अनुरोध गरेको हो ।
नगर प्रमुख ज्ञानबहादुर गुरुङले जारी गरेको सूचना अनुसार विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार हिउँदे र स्थानीय बिदा कट्टा हुनेगरि मंगलबारसम्म विद...































