जेनजी आन्दोलनमा भागेका कैदी चोरीको स्कुटरसहित विराटनगरबाट पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका एक कैदी चोरीको स्कुटरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी-२ घर भएका २९ वर्षीय छोटु भनिने अभिषेक जैसवाल छन् ।
उनलाई बुधबार राति १०ः३० बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । विराटनगर-१ नेता चोकबाट को ३८ प ४९७२ नम्बरको स्कुटर चोरी गरेर भागेका उनलाई विराटनगर-१६ दरैयाबाट पक्राउ गरिएको हो ।
चेकजाँचका क्रममा स्कुटर...































