सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । पहिरोका कारण धनकुटाको हिले-भीरगाउँ सडक अवरुद्ध भएको छ । धनकुटा नगरपालिका–१ स्थित ढारखर्क सामुदायिक बनको धारेढुङ्गामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

शनिवार राती करिब ८ः३० बजे पहिरोसँगै रूख ढलेर सडक अवरुद्ध भएको सशस्त्र प्रहरी बल नेपाल नं.६ हेडक्वाटर छिन्ताङका इन्स्पेक्टर सुरज केसीले जानकारी दिए । उनका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ ।

सशस्त्र प्रहरी नायब निरीक्षक अमर तामाङको नेतृत्वमा ६ जनाको टोली र सामुदायिक वनका सचिव बाबुराम शर्मासहित स्थानीयवासीले सडक खुलाउने प्रयास गरिरहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!