
विराटनगर । विराटनगर महानगरपालिका-३ स्थित पोखरियामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कञ्चनबारीबाट भट्टा चोकतर्फ आउँदै गरेको को ५ प २१७० नम्बरको मोटरसाइकल राती करिब २ बजे पोखरिया स्कुल नजिक विद्युतको पोलमा ठोक्किएको हो ।
दुर्घटनामा विराटनगर-९ बसपार्कका ४५ वर्षीय रविकुमार कामतको मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले जानकारी दिए ।
दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

संगालोखबर 














