
धनकुटा । धनकुटा नगरपालिका-६ अमलेटारको औद्योगिक ग्राममा हाल ८ वटा उद्योग सञ्चालनमा छन् । स्थानीय कच्चापदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले औद्योगिक ग्राम निर्माण गरिएको हो ।
नेपालमै पहिलो पटक धनकुटामा औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले २०३६ सालमा ५८ रोपनी क्षेत्रफल जग्गा अधिग्रहण गरिएको थियो । उक्त औद्योगिक क्षेत्रमा उद्योग संचालनका लागि १४ वटा ब्लकसँगै आवश्यक भौतिक संरचना निर्माण गरिएको छ ।




तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

सन्तोष सुवेदी/संगालोखबर 














