गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । निर्माणाधीन नगर अस्पतालमा शनिवार साँझ करिब ५ बजे पानी तान्ने मोटरबाट विद्युत सर्ट भएर करेन्ट लाग्दा महालक्ष्मी-६ बस्दै आएका ४१ वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका घर भएका राई निर्माण व्यवसायी हुन् । सोही नगर अस्पताल निर्माणको काम गर्दै आएका राई करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जितपुर पुर्‍याइएको  थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!